२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

घनश्याम भूसाल नेकपा (एस)मा प्रवेश

काठमाडौँ — वामपन्थी नेता घनश्याम भूसाल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । शुक्रबार नयाँबानेश्वरस्थित एक होटलमा आयोजित कार्यक्रमबीच उनी पार्टी प्रवेश गरेका हुन् ।

घनश्याम भूसाल नेकपा (एस)मा प्रवेश

गत निर्वाचनमा उम्मेदवारी बन्न नपाएपछि नेकपा एमाले परित्याग गरेर स्वत्नत्र उम्मेदवारी दिएका भुसाल प्रतिनिसभा सदस्यमा पराजित भएका थिए । यसअघि भूसालले पुस २४ गते नेकपा एकीकृत समाजवादी पार्टीको वाम एकता वार्ता समितिलाई पत्र लेख्दै कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रूपान्तरण र एकीकरणका लागि प्रस्ताव गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता भुसालले अबको कम्युनिस्ट आन्दोलनको लिगेसी नेकपा एकीकृत समाजवादीसँग रहेको दाबी गरेका छन् । तत्कालीन नेकपा विभाजन भएपछि नेकपा एसले नै अबको कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने उनको दाबी थियो ।

यसअघि उनले कम्युनिस्ट पार्टीहरूको एकीकरणका लागि एकीकृत समाजवादी पार्टीको कार्यदिशा ठीक भएको बताएका थिए । उनले भनेका थिए, 'नेकपा विभाजित भएर अहिले एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बनेका छन्। अर्थात् हामी माथिल्लो आधार शिविरबाट तल झरेका छौँ । हामी फेरि त्यही आधार शिविरमा नफर्की सुखै छैन । अर्थात् नेकपाकै विन्दुमा फर्किनु पर्ने भएको छ ।'

भूसालको प्रस्तावलाई स्वागत गर्दै वार्ता समितिका संयोजकसमेत रहेका महासचिव वेदुराम भुसालले छिटोभन्दा छिटो पार्टीमा आउन आग्रह गरेका थिए । नेकपा (एस) मा प्रवेश गरेपछि उनलाई के जिम्मेवारी दिइनेछ भन्ने भने खुलाइएको छैन ।

प्रकाशित : पुस २९, २०७९ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?