कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

अख्तियारका पूर्वआयुक्त पाठक र घूस दिने न्यौपाने भ्रष्टाचारी ठहर

तुफान न्यौपाने

काठमाडौँ — विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकलाई भ्रष्टाचार अभियोगमा दोषी ठहर गरेको छ । घुस लिएको अभियोगमा अख्तियारले आफ्नै आयुक्तविरुद्ध विशेष अदालतमा चलाएको मुद्दामा बिहीबार उनी दोषी ठहर भएका हुन् ।

अख्तियारका पूर्वआयुक्त पाठक र घूस दिने न्यौपाने भ्रष्टाचारी ठहर

विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगका अनुसार उनलाई ३९ लाख रुपैयाँ जरिवाना र तीन वर्ष तीन महिना कैद तोकिएको छ । उनीसँग घुस काण्डमा जोडिएका लम्बोदर न्यौपानेलाई पनि अदालतले दोषी ठहर गर्दै ३९ लाख जरिवाना र तीन वर्ष कैद सजाय सुनाएको छ ।

विशेष अदालतका प्रमुख श्रीकान्त पौडेल, न्यायाधीसहरु यमुना भट्टराई, बलभद्र बाँस्तोलाको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो ।

नेपाल सरकारको जग्गा भोगचलन गरेर सञ्चालन भएको नेपाल इन्जिनियरिङ कलेजमा भएको अनियमितताबारे सुरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । उजुरी छानबिनको साटो अख्तियारका आयुक्त राजनारायण पाठकले न्यौपानेसँग सम्पर्क अघि बढाए र अनियमितताको फाइल बन्द गरिदिने प्रलोभनमा ७८ लाख रुपैयाँ घूस लिएका थिए । घूस लिएर फाइल बन्द नगरेपछि विवाद बढ्दै जाँदा रकम लिएको भिडियो बाहिरियो र पाठकले पदबाट राजीनामा दिए ।

त्यसको केही महिनामा अख्तियारले पूर्वआयुक्त पाठक र घूस खुवाउने न्यौपानेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो  । विशेष अदालतमा विचाराधीन भ्रष्टाचार मुद्दामा न्यौपाने र पाठक दुवै ७८/७८ लाख रुपैयाँ धरौटी तिरेर थुनामुक्त भएका थिए ।

त्यसबेला अख्तियारले विशेष अदालतमा दायर गरेको आरोपपत्र

प्रकाशित : पुस २८, २०७९ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?