कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

आधुनिक नेपाल निर्माणमा पृथ्वीनारायण शाहको योगदान महत्त्वपूर्ण : देउवा

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आधुनिक नेपाल निर्माणमा तत्कालीन राजा पृथ्वीनारायण शाहको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् । 

आधुनिक नेपाल निर्माणमा पृथ्वीनारायण शाहको योगदान महत्त्वपूर्ण : देउवा

बुधबार पृथ्वीनारायण शाहको ३०१ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा शुभकामना वक्तव्य जारी गर्दै सभापति देउवाले शाहले अवलम्बन गरेका स्वावलम्वी र आत्मनिर्भर अर्थतन्त्र, परराष्ट्र लगायत कतिपय नीतिहरू अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।

'तत्कालीन समयमा छरिएर रहेका स–साना राज्यहरुलाई एकीकरण गरी सबैमा एकता कायम गर्दै आधुनिक नेपाल निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको छ । उहाँले अवलम्बन गर्नु भएका स्वावलम्वी र आत्भनिर्भर अर्थतन्त्र, परराष्ट्र लगायत कतिपय नीतिहरु आज पनि उत्तिकै सान्दर्भिक रहेका छन्,' सभापति देउवाले वक्तव्यमार्फत् भनेका छन् ।

उनले राष्ट्रिय एकता दिवसले पारस्परिक एकता र सद्भावलाई अगाडि बढाउन प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामनासमेत गरेका छन् ।

प्रकाशित : पुस २७, २०७९ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?