सभामुख चयनका लागि माघ ५ गते निर्वाचन

काठमाडौँ — प्रतिनिधिसभाको सभामुख चयनका लागि आगामी माघ ५ गते निर्वाचन हुने भएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले माघ ५ गते निर्वाचन गर्न संसद् सचिवालयलाई निर्देशन दिएका हुन् । 

सभामुख चयनका लागि माघ ५ गते निर्वाचन

बैठकको अध्यक्षता गरिरहेका जबराले माघ २ गते सभामुखको निर्वाचनको कार्यतालिका प्रकाशन गर्नसमेत निर्देशन दिएका छन् । प्रतिनिधिसभाको अर्को बैठक २०७९ माघ ५ गते बिहीबार बिहान ११:०० बजेका लागि बोलाइएको छ ।

प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख वा उपसभामुख चयन गरिसक्नुपर्ने व्यवस्था छ । मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत प्राप्त गरेका छन् । बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ सांसदले दाहाललाई समर्थन गरेका छन् ।

प्रकाशित : पुस २६, २०७९ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?