सरकारलाई विश्वासको मत दिन सत्ता गठबन्धनको आह्वान


काठमाडौँ — सत्तारुढ राजनीतिक दलले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिन प्रतिनिधिसभाका सबै राजनीतिक दलहरुलाई आह्वान गरेका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको गठबन्धनको बैठकमा सबै राजनीतिक दललाई विश्वासको मत दिन आह्वान गर्ने निर्णय भएको दाहालका सचिवालयका सदस्य सूर्यकिरण शर्माले बताए ।


'गठबन्धनले प्रतिनिधिसभा राजनीतिक दल तथा स्वतन्त्र सांसदहरुलाई विश्वासको मतका लागि आह्वान गर्ने निर्णय भएको छ,' शर्माले भने ।
संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले मंगलबार प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै छन् ।
प्रकाशित : पुस २४, २०७९ २०:४७