कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुरु 

काठमाडौँ — सत्ता साझेदार दलहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा केहीबेर अघि बैठक सुरु भएको हो । बैठकमा पर्सि प्रधानमन्त्री दाहालले प्रतिनिधिसभामा पेस गर्ने विश्वासको मत, सरकार विस्तार, प्रदेशका मुख्यमन्त्री भागबन्डालगायत विषयमा छलफल हुने प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुरु 

प्रदेश १ को मुख्यमन्त्रीमा भने एमालेका नेता हिक्मत कार्की नियुक्त भइसकेका छन् ।

बैठकमा प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधामन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउत सहभागी छन् ।


प्रकाशित : पुस २४, २०७९ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?