कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

प्रेस स्वतन्तत्रा र पत्रकारको हितप्रति सरकार संवेदनशील : प्रधानमन्त्री दाहाल

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारको हितप्रति संवेदनशील रहेको बताएका छन् । प्रधानमन्त्रीको निवास बालुवाटारमा बिहीबार नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले सरकार पत्रकार महासंघसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए । 

प्रेस स्वतन्तत्रा र पत्रकारको हितप्रति सरकार संवेदनशील : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री दाहालले मुलुकका लागि केही नयाँ गर्ने संकल्पसहित प्रधानमन्त्रीको जिम्मेवारी लिएको उल्लेख गर्दै आफ्नो कार्यकालमा कुनै पनि नराम्रो काम हुन नदिन सचेत रहेको बताए ।

भेटमा महासंघका अध्यक्ष विपुल पोखरेल नेतृत्वको टोलीले प्रधानमन्त्री दाहालको तेस्रो कार्यकाल सुशासन, विकास र समृद्धिका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका दृष्टिले अनुकरणीय रहन सकोस् भनी कामना व्यक्त गरेको थियो । उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई केन्द्रमा राखेर नीति, कानुन तथा व्यवहार गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरे । सो क्रममा महासंघले प्रधानमन्त्री दाहाललाई बधाई दिएको थियो ।

भेटमा महासंघका अध्यक्ष पोखरेलका साथै सल्लाहकार र केन्द्रीय समितिका पदाधिकारी र सदस्य सहभागी थिए ।

प्रकाशित : पुस २१, २०७९ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?