देउवा र दाहालद्वारा नेता नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

अध्यक्ष नेपाल निमोनिया देखिएपछि मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन् । उनीहरुले बुधबार अस्पताल पुगी अध्यक्ष नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिई स्वास्थ्यलाभको कामना गरेका हुन् ।

नेता नेपाललाई अस्पतालका उपनिर्देशक डा सन्तकुमार दासको नेतृत्वमा रहेको चिकित्सकको टोलीले उपचार गरिरहेको छ ।

प्रकाशित : पुस ६, २०७९ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्

जबराद्वारा ज्येष्ठ सदस्यको पदभार ग्रहण

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा प्रतिनिधिसभाका सदस्य पशुपतिशमशेर जबराले ज्येष्ठ सदस्यको पदभार ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद् सचिवालयमा पुगेर जबराले बुधबार पदभार ग्रहण गरेका हुन् ।

उनले त्यसअघि राष्ट्रपति निवासमा ज्येष्ठ सदस्यको हैसियतमा पद तथा गोपनियताको शपथग्रहण गरेका थिए । ज्येष्ठ सदस्य जबराले नवनिर्वाचित सांसदलाई शपथग्रहण गराउने र सभामुख चयन नहुँदासम्म प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्नेछन् ।

प्रकाशित : पुस ६, २०७९ १६:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×