कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रवि लामिछानेविरुद्ध उजुरी दिने पौडेल भन्छन्- 'ज्यान मार्ने धम्की आयो'

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध रिट दायर गर्ने युवराज पौडेल (सफल)ले रिट दायर गरेपछि रविका समर्थक र शुभचिन्तकहरूबाट धम्की आएको बताएका छन् । विभिन्न फोन नम्बरहरूबाट बारम्बार धम्की आएपछि पौडेलले टेकुस्थित प्रहरीकहाँ आइतबार उजुरी समेत दिएका छन् ।

रवि लामिछानेविरुद्ध उजुरी दिने पौडेल भन्छन्- 'ज्यान मार्ने धम्की आयो'

पौडेलले प्रहरीकहाँ दिएको उजुरीमा आफू असुरक्षित रहेको उल्लेख गर्दै घटनाबारे अनुसन्धान गर्न आग्रह गरेका छन् । आफ्नो ज्यान मार्नका लागि भारतीय नागरिकको प्रयोग गरेको सूचना गोप्य रुपमा पाएको पनि पौडेलले दाबी गरेका छन् ।

दाङ जिल्लाका पूर्ण बहादुर विक र अर्का वतन र नाम नखुलेका मगर थरका एक व्यक्तिको संयोजनमा आफूमाथि ज्यान मार्ने योजना बनाएको सूचना पाएको पौडेलले दाबी गरेका हुन् । यस्तै उनले काठमाडौंबाट र विदेशमा रहेका नेपालीहरूबाट पनि फोन गरी मुद्दा फिर्ता लिन दबाब आएको बताएका छन् ।

'विदेशबाट र काठमाडौंबाटै कम्तीमा ४ वटा नेपाली नम्बरबाट चार जनाभन्दा धेरैले मलाई मुद्दा फिर्ता नलिए ज्यान मार्ने धम्की आएको छ,' पौडेलले इकान्तिपुरलाई बताए ।

पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध उनको सांसद पद खारेजीको माग गर्दै मंसिर २८ गते सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।

प्रकाशित : पुस ३, २०७९ २०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?