'पावर सेयरिङ'बारे देउवासँग दाहालको चासो- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'पावर सेयरिङ'बारे देउवासँग दाहालको चासो

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवासँग गठबन्धनमा पावर सेयरको बारेमा जिज्ञासा राखेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउँसो भएको भेटमा दाहालले आगामी दिनको 'पावर सेयरिङ'को बारेमा देउवासँग जिज्ञासा राखेका थिए ।

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावी परिणाम औपचारिकरुपमा राष्ट्रपति र प्रदेश प्रमुखहरुलाई बुझाएपछि सत्ता समिकरणसहितको विषयमा गठबन्धनका नेताहरुबीच छलफल सुरु भएको हो । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजीले श्रेष्ठले अध्यक्ष दाहालले प्रधानमन्त्री देउवासमक्ष पावर सेयरिङसहितको विषयमा धारणा बुझ्न चाहेको बताएका छन् ।

'आजको भेटमा गठबन्धनबाट तपाईंहरुलाई मात्रै बढी लाभ भयो । हामीलाई यस्तो भएन । तैपनि गठबन्धनलाई कसरी अघि बढाउने के छ तपाईंहरुको सोच, समग्रतामा पावर सेयरिङको बारेमा तपाईंहरुले कसरी सोच्नु भएको छ ? अध्यक्षले प्रधानमन्त्रीसँग कुरा गर्नुभएको छ,' श्रेष्ठले भने, 'प्रधानमन्त्री चाहियो भनेर भन्नुभएको छैन । प्रधानमन्त्रीको 'प' पनि उच्चारण गर्नुभएको छैन ।'

मंसिर ४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा कांग्रेस ८९ स्थान जित्दै पहिलो दल बनेको छ । २०७४ सालको चुनावमा कांग्रेसले ६३ स्थानमा जितेको थियो । २०७४ सालका ५४ स्थानमा जितेको माओवादी केन्द्र भने ३२ स्थानमा खुम्चिएको छ । चुनावी परिणामअनुसार सत्तारुढ गठबन्धनभित्रबाट मात्रै सरकारका निर्माणका लागि आवश्यक पर्ने बहुमत पुग्दैन ।

प्रकाशित : पुस २, २०७९ २०:४७
प्रतिक्रिया
पठाउनुहोस्

कान्तिपुरकर्मी गौतम सम्मानित 

कान्तिपुर संवाददाता

पाँचथर — कान्तिपुरका पाँचथर समाचारदाता लक्ष्मी गौतमसहित ६ जना पत्रकारलाई नेपाल पत्रकार महासंघ पाँचथर शाखाले सम्मान गरेको छ ।

महासंघले शाखाका पूर्वअध्यक्ष रहेका गौतमसँगै संस्थापक सभापति श्यामबिक्रम पराजुली, पूर्वसभापतिद्वय प्रेम ओझा र कृष्ण ओझा तथा पूर्वअध्यक्षद्वय लवदेव ढुंगाना र लेखनाथ खतिवडालाई सम्मान गरेको हो ।

शाखा स्थापनासँगै लोकतान्त्रिक आन्दोलनका क्रममा खेलेको भूमिकाको कदर स्वरुप सम्मान गरेको शाखाले जनाएको छ । उनीहरुलाई प्रमुख अतिथि एक नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले कदरपत्र र दोसल्लाले सम्मान गरे । महासंघले साधारणसभाको अवसर पारेर पुस्तकालयको पनि उद्घाटन गरिएको छ ।

प्रकाशित : पुस २, २०७९ २०:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×