देउवालाई पौडेलको आग्रह- ‘संसदीय दलको नेतामा मेरो नाम प्रस्ताव गर्नुस्’

काठमाडौँ — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको संसदीय दलको नेतामा आफ्नो नाम प्रस्ताव गर्नका लागि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटमा नेता पौडेलले पार्टीको संसदीय दलको नेतामा आफ्नो नाम प्रस्ताव गरिदिन आग्रह गरेका हुन् ।

देउवालाई पौडेलको आग्रह- ‘संसदीय दलको नेतामा मेरो नाम प्रस्ताव गर्नुस्’

पौडेलले पार्टी र देशकै परिस्थिति अनुकूल नभएको र पार्टीको महाधिवेशनमा पनि आफूले पूर्ण रुपमा साथ दिएको भन्दै संसदीय दलको नेतामा आफ्नो नाम प्रस्ताव गर्न अनुरोध गरेका हुन् ।

पार्टीमा आफूले पनि सभापति देउवाजत्तिकै योगदान गरेकाले संसदीय दलको नेतामा आफू निर्वाचित भए पार्टीपंक्ति र सबैमा राम्रो सन्देश जाने उनले बताएका थिए ।

सभापति देउवाले भने निर्वाचनको अन्तिम मतपरिणाम नआइसकेकाले त्यसबारे छलफल गरेर अघि बढ्नुपर्ने बताए । ‘अझै निर्वाचनको अन्तिम परिणाम आइसकेकको छैन । साथीहरूसँग अझै छलफल गरौं ।’

प्रकाशित : मंसिर २८, २०७९ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?