२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

मुद्दा फिर्तासम्बन्धी अध्यादेशविरूद्ध अनेरास्ववियुको प्रदर्शन

काठमाडौँ — सरकारले विभिन्न मुद्दामा कसुर ठहर भई सजाय भोगिरहेका कैदीबन्दीलाई छुट दिन अध्यादेशमार्फत फौजदारी कार्यविधि संहिता, २०७४ लाई संशोधन गर्ने मन्त्रिपरिषद्को निर्णयलाई लिएर एमालेको भ्रातृ संगठन अनेरास्ववियुले काठमाडौंमा प्रदर्शन गरेको छ ।

मुद्दा फिर्तासम्बन्धी अध्यादेशविरूद्ध अनेरास्ववियुको प्रदर्शन

मंगलबार त्रिचन्द्र क्याम्पस अगाडि विद्यार्थी तथा नेताहरुले उक्त निर्णयविरुद्ध नाराबाजी गरेका हुन् । सत्ता सौदाबाजीका लागि अध्यादेश ल्याउने प्रधानमन्त्री शेरबहादुर देउवाको निर्णयविरुद्ध उनीहरुले विभिन्न नारासहितका प्लेकार्ड प्रदर्शन र नाराबाजी गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्णयविरुद्ध सत्तारूढ कांग्रेसकै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला र सांसद प्रदीप पौडेल समेत उभिएका छन् ।

राजनीतिक समूहमा आबद्ध भएर विभिन्न कसुरमा जेलमा रहेका कैदीबन्दीलाई रिहाइ गर्न मन्त्रिपरिषद्ले आइतबार अध्यादेश ल्याउने निर्णय गरेको हो । भावी सत्ता समीकरणलाई सजिलो बनाउन अघि बढाइएको अध्यादेश सोमबार राष्ट्रपति कार्यालय शीतल निवास पुगिसकेको छ ।

प्रकाशित : मंसिर २७, २०७९ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?