कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एमाले सचिवालय बैठक स्थगित

संघीय संसद् तथा सातै प्रदेश संसदका समानुपातिक सांसद चयन गर्न बस्दै थियो बैठक

काठमाडौँ — समानुपातिकबाट निर्वाचित हुने सांसदहरु चयन गर्नका लागि शुक्रबार बस्ने भनिएको एमालेको सचिवालय बैठक स्थगति भएको छ ।

एमाले सचिवालय बैठक स्थगित

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बैठक स्थगित भएको जानकारी दिएका हुन् । अर्को बैठक कहिले र कहाँ बस्छ भन्ने निर्णय भइ नसकेको पनि उनले बताए ।

नेकपा एमालेले प्रतिनिधिसभातर्फको समानुपातिकबाट निर्वाचित हुने ३४ मध्ये १९ महिला र १५ पुरुष मध्ये कुन समूहबाट कति जना पठाउने भन्ने प्रारम्भिक प्रस्ताव तयार गरेको छ । यस्तै बैठकले सातै प्रदेशका लागि पनि समानुपातिक सांसद् चयन गर्ने बताइएको छ ।

प्रकाशित : मंसिर २३, २०७९ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?