माओवादी उपमहासचिव वर्षमान पुनको उपचार सुरु- समाचार - कान्तिपुर समाचार

माओवादी उपमहासचिव वर्षमान पुनको उपचार सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ —  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको चीनमा क्वारेन्टिनमा उपचार सुरु गरिएको छ । सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालको क्वारेन्टिनमा पुनको उपचार सुरु भएको हो ।

चौथौ लहरको कोरोना महामारीका कारण चीनभर कडा लकडाउन छ । पूर्वअर्थ र ऊर्जामन्त्रीसमेत रहेका पुन लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित छन् । चुनावी धपेडीका कारण रोग बल्झिएपछि उनी नेपाली चिकित्सकहरुको परामर्शमा शुक्रबार फलोअप उपचारका लागि दुबई, ग्वान्झाओ हॅुदै सेन्जेन प्रस्थान गरेका थिए । पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ ।

पुन पत्नीसमेत रहेकी पूर्वसभामुख ओनसरी घर्तीले स्वास्थ्यमा सामान्य सुधार भएको बताइन् । नेपालबाट जाँदा जण्डिसको मात्रा (बिलरुबिन) २७ रहेकामा अहिले घटेर २४ मा आएको जानकारी घर्तीले दिइन् ।

प्रकाशित : मंसिर २२, २०७९ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्

इलाम-२ मा पुन: मतगणनाको माग गर्दै सर्वोच्चमा रिट

कान्तिपुर संवाददाता

काठमाडौँ — इलाम क्षेत्र नम्बर नम्बर २ मा पुन: मतगणनाको माग गर्दै कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् । धाँधली भई आफूलाई चुनावमा हराइएको उल्लेख गर्दै खड्का सर्वोच्चमा निवेदन दिएका हुन् । 

कांग्रेस उम्मेदवार खड्काले एमाले उम्मेदवार सुवासचन्द्र नेम्बाङलाई जबर्जस्ती विजयी घोषणा गरिएको बताएका छन् । निर्वाचन आयोगले घोषणा गरेको अन्तिम मतपरिणामअनुसार एमाले उम्मेदवार नेम्बाङ ११४ मतले विजयी भएका थिए ।

नेम्बाङले ३० हजार २० मत ल्याउँदा खड्काले २९ हजार ९ सय ६ मत प्राप्त गरेका थिए ।

खड्काले मतदानस्थलबाट मतपेटिका मतगणनास्थलमा ल्याउने क्रममा आफ्ना प्रतिनिधिलाई सहभागी नगराइएको आरोप लगाएका छन् । त्यस्तै मतगणनास्थलमा मतगणना गरिएको स्थानमा गणना गरिएको मतपत्र सिल नगरी राखिएको पनि उनको आरोप छ ।

प्रकाशित : मंसिर २२, २०७९ ११:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×