२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कोभिडका बेला लैंगिक हिंसा बढ्यो : यूएनएफपीए

काठमाडौँ — नेपालस्थित युरोपेली युनियनको सहयोगमा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए)ले संचालन गरेको एकद्वार संकट व्यवस्थापन केन्द्र परियोजनाले कोभिड महामारीका बेला लैंगिक हिंसामा वृद्धि भएको निष्कर्ष निकालेको छ ।

कोभिडका बेला लैंगिक हिंसा बढ्यो : यूएनएफपीए

धनुषाको जनकपुर उपमहानगरपालिका, दैलेखको नारायण र दुल्लु नगरपालिका र सुर्खेतको वीरेन्द्रनगर र भेरीगंगा नगरपालिका र जुम्लाको चन्दननाथ नगरपालिकामा दुई वर्षे परियोजना संचालन भएको थियो ।

परियोजनाले घरेलु हिंसामा परेकाहरूलाई ती स्थानमा सेल्टर हाउसको व्यवस्थासँगै उनीहरूलाई मनोसामाजिक परामर्श दिँदै कानुनी लडाइँ लड्ने वातावरण पनि निर्माण गरिदिएको थियो । परियोजना लागु भएका क्षेत्रमा लैंगिक हिंसा भोगेका १० हजार ४ सय ९९ ले मनोपरामर्शदेखि सेल्टर सुविधा र न्यायमा पहल जस्ता सुविधा प्राप्त गरेका थिए । जसमा ९२ प्रतिशत महिला र बालिकाहरू रहेका थिए ।

परियोजनाले लैंगिक हिंसा भोगेका ५ हजार ६ सय ९० घटनाको पहिचान गरिएको थियो । जसमा ८९ प्रतिशत महिला र बालिकाहरू रहेका थिए । यी दुवै तथ्यांकले लैगिंक हिंसाको संख्या कति ठूलो छ भन्ने देखाउनुका साथै त्यसबाट महिला र बालिकाहरू कति ठूलो संख्यामा प्रभावित छन भन्ने पनि देखाउँछ ।

परियोजनाबारे यूएनएफपीएले जारी गरेको विज्ञप्तिमा कोभिडका बेला लैंगिक हिंसामा बढोत्तरी भएको उल्लेख गरेको छ । नेसनल डेमोक्रेटिक हेल्थ सर्भे २०१६ का अनुसार कोभिडभन्दा अघिको समयमा १५ देखि ४९ वर्ष उमेर समूहका ५ मध्ये १ जना शारीरिक हिंसामा पर्ने गरेका थिए । त्यस्तै १५ वर्षमाथिका विवाहित ४ मध्ये १ जना कुनै न कुनै प्रकारको शारीरिक, मानसिक वा यौनिक हिंसामा पर्ने गरेको देखिन्छ । कोभिडपछि जारी लडकडाउनले यस्तो हिंसा झनै बढाइदिएको विज्ञप्तिमा उल्लेख छ ।

नेपालस्थित युरोपेली युनियनकी चार्ज डे अफेयर्स जोएल हिभोनेटले यो परियोजनाले छनोट गरिएका चार जिल्लामा लैगिंक हिंसा विरुद्ध आवाज उठान र हिंसा पीडितहरुलाई सेवा प्रदान गर्न प्रभावकारी भएको बताइन् ।

यूएनएफपीएकी नेपाल प्रतिनिधि वन योङ होङले परियोजनाले लैंगिक हिंसा पीडितहरूलाई आवश्यक सहायता र यस्ता हिंसा विरुद्ध जनचेतना विस्तार गरेको बताइन् ।

प्रकाशित : मंसिर २१, २०७९ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?