१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

सर्वोच्च परिसरमा बारले शुक्रबार पनि धर्ना दिने

काठमाडौँ — निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदतलमा प्रवेश रोक्नका लागि नेपाल बार एसोसिएसनले शुक्रबार पनि धर्ना दिने भएको छ ।

सर्वोच्च परिसरमा बारले शुक्रबार पनि धर्ना दिने

बारका पदाधिकारी एवं सदस्यहरूले बुधबार दिउँसोको धर्ना समापन गर्दै बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले शुक्रबार १० बजेबाट पुन: धर्ना बस्ने जानकारी दिए । बिहीबार भने सार्वजनिक बिदाका कारण बारले धर्नाको कार्यक्रम रोकेको छ ।

बुधबार उनीहरूले निलम्बित प्रधानन्यायाधीश जबरालाई लक्षित गर्दै धर्ना गरेका हुन् । बुधबारको धर्ना समापन भएको बारका पदाधिकारीहरूले बताए ।

संसद्‍ सचिवालयका महासचिव भरतराज गौतमले जबरामाथिको महाभियोग निस्प्रभावी भएको भन्दै पत्र पठाएपछि जबरालाई रोक्न बारले सर्वोच्च परिसरमा धर्ना दिएको हो ।

प्रकाशित : मंसिर २१, २०७९ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?