जलवायु परिवर्तनबारे रेडक्रसको अभियान

काठमाडौँ — नेपाल रेडक्रस सोसाइटीले जलवायु परिवर्तनबाट सिर्जित समस्या समाधानमा नेपाली युवाहरूको भूमिका बढाउन अभियान सुरू गरेको छ । रेडक्रसले आफू सम्बद्ध युवा स्वयंसेवकहरूमार्फत् जलवायु परिवर्तन र त्यसको प्रभावबारे सचेतना फैलाउने अभियान सञ्चालन गरेको हो ।

जलवायु परिवर्तनबारे रेडक्रसको अभियान

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी)को सहयोगमा सञ्चालित अभियानमा नेपालभरका १३ देखि ३० वर्ष मुनिका युवा स्वयंसेवकहरूले नेपालमा जलवायु परिवर्तन, प्रभाव र समाधानका उपायको खोजी हुनेछ । रेडक्रसले जलवायु परिवर्तनमा आफ्ना नवीन विचार र समाधानका उपायहरूबारे भिडियो सन्देश तयार गरी पेस गर्न आह्वान गरेको छ ।

अभियानको शुभारम्भ गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव अर्जुनबहादुर श्रेष्ठले देशका ७५३ वटै पालिकामा नेपाल रेडक्रसका जुनियर युवा रेडक्रस सर्कलहरूलाई सहभागी गराएर जलवायु परिवर्तनको अभियान सञ्चालन गर्न आग्रह गरे ।

रेडक्रसका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले जलवायु परिवर्तन वर्तमान र भावी पुस्ताका लागि सबैभन्दा महत्वपूर्ण मुद्दाहरूमध्ये एक भएको भन्दै त्यसमा युवा स्वयम्सेवकहरूको भूमिका अर्थपूर्ण हुने बताए ।

रेडक्रसले अभियानमा संलग्न हुन सबै नेपाली युवाहरूलाई आवेदन दिन, जलवायु परिवर्तनका प्रभावहरूलाई कम गर्ने नवीन विचारहरू आदान प्रदान गर्न र सचेतना बढाउनका लागि आह्वान गरेको छ ।

प्रकाशित : मंसिर २१, २०७९ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?