कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महाकाली घटनामा भारतलाई कूटनीतिक नोट पठाउन परराष्ट्रलाई गृहको पत्र

मातृका दाहाल

काठमाडौँ — महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाएको विषयमा गृह मन्त्रालयले भारतलाई कूटनीतिक नोट पठाउन आग्रह गर्दै परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ।

महाकाली घटनामा भारतलाई कूटनीतिक नोट पठाउन परराष्ट्रलाई गृहको पत्र

गृहले सोमबार परराष्ट्रलाई पत्र लेख्दै दार्चुला सदरमुकाम खलंगाको पारिपट्टि भारतले महाकाली मिच्दै एकतर्फी तटबन्धन बनाएको र त्यसबाट नदीको धार नेपालतर्फ धकेलिएको उल्लेख गरेको छ ।

नेपालको सहमतिबिना संरचना बनाइएको र यसले नेपालतर्फ क्षति पुर्‍याउने गृहको पत्रमा उल्लेख छ । गृहले सीमा क्षेत्रमा संरचना निर्माण गर्नु परे दुवै देशको सहमति र समन्वय हुन पर्ने पत्रमा उल्लेख गरेको छ । साथै पटक-पटक सीमा क्षेत्रमा यस्ता घटना दोहोरिरहेको उल्लेख गर्दै गृहले कूटनीतिक रूपमापहल गरी समस्याको दीर्घकालीन समाधान खोज्न पनि परराष्ट्र मन्त्रालयसमक्ष आग्रह गरेको छ ।

आइतबार अपराह्न ४ बजेतिर दुवैतर्फबाट ढुंगा हानाहान भएको थियो । पारिबाट हानिएको ढुंगा लागेर बांगाबगरस्थित कैलाशपति आधारभूत विद्यालय नजिक खेलिरहेका चार बालक घाइते भएका थियो ।

नेपाली बालकहरू घाइते भएपछि आक्रोशित भएका स्थानीयले झोलुङ्गे पुलको गेटमा तालाबन्दी गरेर आवतजावत बन्द गरेका थिए । प्रशासनले बल प्रयोग गरेर केही घण्टामै गेट खुलाएको थियो । सोमबार पुन: भारतीय पक्षले धारचुलातर्फ पुल बन्द गरेर केही घण्टा आवागमन अवरुद्ध पारेका थिए ।

सम्बन्धित समाचार

प्रकाशित : मंसिर १९, २०७९ २२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?