कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

इसिमोडबाट कान्तिपुरकर्मी सिंहसहित तीन जना पुरस्कृत

काठमाडौँ — अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले भुटानको कृषि मेसिनरी केन्द्र तथा पाकिस्तानकी माह् बेगम अमजडलाई डा. एन्ड्रिस शिल्ड मेमोरियल माउन्टेन पुरस्कार साथै बझाङका कान्तिपुरकर्मी वसन्तप्रताप सिंहलाई एन्ड्रेस शिल्ड मेमोरियल माउन्टेन सम्मान प्रदान गरेको छ ।

इसिमोडबाट कान्तिपुरकर्मी सिंहसहित तीन जना पुरस्कृत

सुदूरपश्चिमका हिमाली क्षेत्रमा पर्वतीय पर्यावरणीय प्रणाली र सीमान्तिकृत समुदायको जनजीवनमाथि समाचार लेखनमार्फत् राज्य र सरोकारवालालाई ध्यानाकर्षण गराएको भन्दै सोमबार अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा इसिमोडले सम्मान गरेको हो।

यस संस्थाले हिन्दू कुश–हिमालय क्षेत्रको दिगो पर्वतीय विकासलाई वातावरण र समुदायलाई सक्षम पार्ने उत्कृष्ट प्रयासहरूका लागि प्रत्येक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ ।

इसिमोड सन् १९८३ मा स्थापना भएको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो । यसले पर्वतीय पर्यावरणीय प्रणालीको विकास गर्ने तर्फ हिन्दू कुश–हिमालय क्षेत्रका आठ देशहरूमा काम गर्दै आएको छ ।

प्रकाशित : मंसिर १९, २०७९ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?