कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई घन्टापछि खुल्यो सीमा पुल

मनोज बडू

दार्चुला — आज बिहान भारतीय पक्षबाट बन्द रहेको पुल दुई घन्टापछि खुलाइएको छ । भारतले महाकाली नदीको धार नेपाल फर्किने गरी निर्माण गरिरहेको विरोधमा आइतबार बङ्गाबगरका स्थानीय र भारतीय नागरिकबीच ढुंगा हानाहान भएपछि सीमा नाकामा समस्या सिर्जना भएको थियो । हिजो नेपाली नागरिकले सिमा पुल बन्द गरेका थिए ।

दुई घन्टापछि खुल्यो सीमा पुल

नियमित रूपमा बिहान ७ बजे सञ्चालन हुने सीमा पुल नेपाल क्षेत्रबाट समयमै ताल्चा खोलिएको थियो ।

भारतीय क्षेत्रमा भनदे आज बिहान ९ बजेपछि मात्र पुल खोलिएको पुलघाटमा खटिएका नेपाली सुरक्षाकर्मिले बताएका छन् । ९ बजेपछि भने सीमा पुलमा दुवै देशका नागरिक सहज रूपमा आवतजावत गरिरहेका छन् ।

प्रकाशित : मंसिर १९, २०७९ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?