जनमत पार्टीका अध्यक्ष राउत र कांग्रेस उपसभापति खड्काबीच भेटवार्ता- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनमत पार्टीका अध्यक्ष राउत र कांग्रेस उपसभापति खड्काबीच भेटवार्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतबीच भेटवार्ता भएको छ । उपसभापति खड्काको निजी निवास गल्फुटारमा आइतबार दुईबीच शिष्टाचार भेट भएको हो ।

उनले अध्यक्ष राउतलाई प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा जनमत पार्टीले हासिल गरेको विजयका लागि बधाई तथा शुभकामना दिएका थिए । भेटमा सन्दर्भमा निर्वाचनको समीक्षा तथा नयाँ सरकार निर्माण र सत्ता गठबन्धनमा सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।

समसामयिक एजेन्डाबारे पनि छलफल भएको भन्दै उपसभापति खड्काको सचिवालयले छलफल सकारात्मक र उपलब्धिमूलक रहेको बताएको छ ।

प्रकाशित : मंसिर १८, २०७९ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्

चन्द्रपुर, नारायणघाट र हेटौंडामा खुल्यो गल्फ लुब्रिकेन्टको सोरुम 

कान्तिपुर संवाददाता

काठमाडौँ — गल्फ लुब्रिकेन्टको उत्पादक तथा वितरक नेपाल ल्युब आयले एकै पटक तीन वटा सोरुम विस्तार गरेको छ । कम्पनीले रौतहटको चन्द्रपुरमा आफ्नो आधिकारिक बिक्रेताका रुपमा जैसवाल ट्रेडिङ कन्सर्न,  नारायणघाटमा आशिर्वाद अटो ट्रेडिङ र हेटौंडामा दिव्या बिजनेस  कन्सर्न नामक सोरुम सञ्चालनमा ल्याएको हो ।  

ती सोरुमहरुको उद्घाटन नेपाल ल्युब आयलका कार्यकारी निर्देशक करण चौधरीले गरे । उद्घाटन समारोहमा चौधरीले गल्फ नेपालमा सबैभन्दा धेरै बिक्री हुने लुब्रिकेन्ट भएको दाबी गरे । उच्च पफर्मेन्सका कारण यो लोकप्रिय रहेको उनको दाबी छ । नेपाल ल्युब आयलका महाप्रबन्धक गंगाराज भट्टराईले गल्फले पहिलेदेखि नेटवर्क बढाउँदै गएको बताए ।


प्रकाशित : मंसिर १८, २०७९ १९:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×