अब बन्ने सरकारले राजनीतिक स्थिरता दिन्छ : नेता पौडेल

रासस

डुम्रे — नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले अब बन्ने सरकारले राजनीतिक स्थिरता, सुशासन, विकास र गाउँमै रोजगारी प्रदान गर्ने बताएका छन् । 

अब बन्ने सरकारले राजनीतिक स्थिरता दिन्छ : नेता पौडेल

तनहुँको व्यास नगरपालिका–८ पुलिमराङमा आयोजित कार्यक्रममा उनले सत्तारुढ गठबन्धनको लक्ष्य शान्ति, सुशासन र स्थिर सरकार हो भने । 'देशलाई सुशासन आवश्यक छ, भ्रष्टाचार र कमिशनतन्त्र रोक्न सक्यौ| भने देशको विकास हुन्छ', नेता पौडेलले भने, 'कृषिमा क्रान्ति गरेर खाद्यान्नमा आत्मनिर्भर हुनुपर्छ, पर्यटनको विस्तार गाउँसम्म पुर्‍याउनुपर्छ, गाउँगाउँमा उद्योग खोल्नुपर्छ, यसले गाउँमा नै रोजगारी सिर्जना गर्छ र समृद्ध मुलुक बनाउन सकिन्छ ।'

उनले नवनिर्वाचित जनप्रतिनिधिले जनताको विश्वासमा धोका दिन नहुने बताए । उनले आजै पुलिमराङस्थित सहिद पार्क पुगी सहिदको सालिकमा माल्यार्पण गरेका थिए । त्यस अवसरमा उनले आफू सहिद धर्मध्वज गुरुङको प्रेरणाले राजनीतिमा लागेको बताए ।

प्रकाशित : मंसिर १८, २०७९ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?