माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक जारी छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा गर्न भन्दै पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक बसेको हो । बैठकमा सत्तारुढ गठबन्धनमा आबद्ध दलहरु मिलेर सरकार बनाउने विषयमा छलफल भइरहेको नेताहरु बताएका छन् । 

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

गठबन्धनमा आबद्ध माओवादी केन्द्रका नेताहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार बनाएर जानुपर्ने धारणा राख्दै आएका छन् भने अध्यक्ष दाहालले पनि नयाँ सत्ता समीकरणका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत राजनीतिक दलका शिर्ष नेताहरुसँगको भेटवार्तालाई तीव्रता भएका छन् ।

मंसिर अन्तिमसम्म निर्वाचन परिणाम आइसक्ने र त्यसपछि नयाँ सरकार गठबन्धनको प्रक्रिया सुरु हुनेछ ।

प्रकाशित : मंसिर १७, २०७९ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?