कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

पूर्व सदस्यसचिव सिंहको निधन

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव किशोरबहादुर सिंहको बिहीबार निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनको हृदयघातका कारण निधन भएको ब्याडमिन्टन संघले जनाएको छ ।

पूर्व सदस्यसचिव सिंहको निधन

२०२९ सालदेखि २०३४ सालम्म नेपाली ब्याडमिन्टनमा ६ पटकको राष्ट्रिय च्याम्पियन भएका सिंह नेपाल जिम्न्याष्टिक संघको सह–अध्यक्षको जिम्मेवारी थिए । उनले २०५९ सालदेखि २०६३ साल सम्म राष्ट्रिय खेलकुदको सदस्यसचिव भएर जिम्मेवारी सम्हालेका थिए ।

स्व. सिंहका एक छोरी र श्रीमती छन् । उनको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

राष्ट्रिय खेलकुद परिषद्ले शोक वक्तव्य जारी गर्दै सिंहको निधनले नेपाली खेलकुदमा अपुरणीय क्षति पुग्नुका साथै परिषद परिवारलाई दु:खी तुल्याएको जनाएको छ ।

वक्तव्यमा भनिएको छ, ‘नेपाली खेलकुदको विकास र विस्तारमा सिंहको योगदान प्रशंसनीय छ । उहाँको आत्माको चिरशान्तिको कामना गर्दै यस दु:खद घडीमा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।’


प्रकाशित : मंसिर १५, २०७९ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?