काठमाडौँ — समानुपातिकतर्फ थ्रेस होल्ड कटाउन संघर्षरत रहेको नेकपा (एकीकृत समाजवादी) प्रदेशसभामा प्राप्त गरे जति मत प्रतिनिधिसभातर्फ प्राप्त गरेको भए राष्ट्रिय दल सहजरुपमा बन्ने देखिएको छ । यो समाचार तयार पर्दासम्म सो दलले २ लाख ९० हजार १९६ मत प्राप्त गरेको छ ।
त्यो संख्या गणना गरिएको कुल सदर मत १ करोड १ लाख ७१ हजार २७३ को २ दशमलव ८५ प्रतिशत हो । जबकि प्रदेशसभातर्फ सो दलले सबै प्रदेशमा ७५ हजार २४९ बढी मत प्राप्त गरेको छ । सो दलले प्रदेशसभामा ३ लाख ६५ हजार ४४५ मत प्राप्त गरेको छ । दुवै सदनमा समानुपातिकतर्फ प्राप्त गरेको मतको अन्तर २० प्रतिशत छ ।
प्रदेशसभा जतिको प्रतिनिधिसभामा मत एकीकृत समाजवादीले प्राप्त गरेको भए कुल मतको ३ दशमलव ६ प्रतिशत हुन आउँथ्यो । जुन राष्ट्रिय पार्टी हुनका लागि आवश्यक पर्ने ३ प्रतिशत थ्रेसहोल्डभन्दा बढी हो । एसले प्रदेश नम्बर १ मा प्रतिनिधिसभा भन्दा ९ हजार १६ मत बढी प्राप्त गरेको छ । प्रदेश १ मा प्रतिनिधिसभाको समानुपातिकतर्फ ४५ हजार ६७१ मत प्राप्त गरेको एकीकृत समाजवादीले प्रदेशसभामा ५४ हजार ६८७ मत प्राप्त गरेको थियो ।
मधेस प्रदेशमा भने सो दलले दुवै सदनका लागि एक लाखभन्दा बढी मत प्राप्त गरेको छ । तर प्रदेशसभामा भने प्रतिनिधिसभामा १ लाख ३ हजार ९३६ मत प्राप्त गरेको छ । त्यसैगरी प्रदेशसभामा वाग्मती प्रदेशमा पनि प्रतिनिधिसभाभन्दा १५ हजार २२४ बढी मत ल्याएको छ । यो प्रतिनिधिसभामा ४८ हजार २८७ मत प्राप्त गरेको छ त्यसैगरी प्रदेशसभामा ६३ हजार ५११ मत प्राप्त गरेको छ । वाग्मतीमा प्रदेशसभामा भन्दा प्रदेशसभामा करिब एक चौथाई मत कम हो । जबकी सबैभन्दा कम आएको गण्डकी प्रदेशमा सो दलले ९ हजार १६३ मत प्राप्त गरेको छ भने प्रदेशसभामा १४ हजार ६९७ मत प्राप्त गरेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाबीच मतान्तर ५ हजार ३३४ मत प्राप्त गरेको छ । यस्तै अवस्थामा लुम्बिनी प्रदेशमा पनि देखिएको छ । लुम्बनीमा प्रतिनिधिसभातर्फ २६ हजार ८३२ मत प्राप्त गर्दा प्रदेशसभामा ४२ हजार ६२१ मत प्राप्त गरेको छ । यो संख्या १८ हजार ७८० मतको अन्तर छ ।
कर्णाली प्रदेशमा प्रतिनिधिसभा तथा प्रदेशसभा मतमा १० हजारभन्दा बढी छ । कर्णाली प्रदेशमा प्रतिनिधिसभामा २५ हजार ५५५ मत प्राप्त गर्दा प्रदेशसभामा ३५ हजार ८२६ मत प्राप्त गरेको छ । सुदूरपश्चिममा पनि त्यस्तै अवस्था देखिएको छ । सो प्रदेशमा ११ हजारको मतान्तर रहेको छ । ३० हजार ७८२ मत प्राप्त गर्दा प्रदेशसभामा ४१ हजार ८३९ मत प्राप्त गरेको छ ।
हालसम्म गणना भएको मत
१ करोड १ लाख ७१ हजार २७३ मत
एकीकृत समाजवादी
२ लाख ९० हजार १९६ मत
प्रदेश १
प्रतिनिधिसभा
४५ हजार ६७१
प्रदेशसभा
५४ हजार ६८७ मत
मधेस प्रदेश
प्रतिनिधिसभा
१ लाख ३ हजार ९३६
प्रदेशसभा
१ लाख १२ हजार २६४ मत
वाग्मती प्रदेश
प्रतिनिधिसभा
४८ हजार २८७
प्रदेशसभा
६३ हजार ५११
गण्डकी प्रदेश
प्रतिनिधिसभा
९ हजार १६३
प्रदेशसभा
१४ हजार ६९७
लुम्बिनी प्रदेश
प्रतिनिधिसभा
२६ हजार ८३२
प्रदेशसभा
४२ हजार ६२१
कर्णाली प्रदेश
प्रतिनिधिसभा
२५ हजार ५५५
प्रदेशसभा
३५ हजार ८२६
सुदुर पश्चिम प्रदेश
३० हजार ७८२ मत
प्रदेशसभा
४१ हजार ८३९
प्रकाशित : मंसिर १४, २०७९ २१:५०