एकीकृत समाजवादी : प्रदेशसभामा जति मत नल्याउँदा प्रतिनिधिसभाको थ्रेसहोल्डमा संघर्ष- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एकीकृत समाजवादी : प्रदेशसभामा जति मत नल्याउँदा प्रतिनिधिसभाको थ्रेसहोल्डमा संघर्ष

मणि दाहाल

काठमाडौँ — समानुपातिकतर्फ थ्रेस होल्ड कटाउन संघर्षरत रहेको नेकपा (एकीकृत समाजवादी) प्रदेशसभामा प्राप्त गरे जति मत प्रतिनिधिसभातर्फ प्राप्त गरेको भए राष्ट्रिय दल सहजरुपमा बन्ने देखिएको छ । यो समाचार तयार पर्दासम्म सो दलले २ लाख ९० हजार १९६ मत प्राप्त गरेको छ ।

त्यो संख्या गणना गरिएको कुल सदर मत १ करोड १ लाख ७१ हजार २७३ को २ दशमलव ८५ प्रतिशत हो । जबकि प्रदेशसभातर्फ सो दलले सबै प्रदेशमा ७५ हजार २४९ बढी मत प्राप्त गरेको छ । सो दलले प्रदेशसभामा ३ लाख ६५ हजार ४४५ मत प्राप्त गरेको छ । दुवै सदनमा समानुपातिकतर्फ प्राप्त गरेको मतको अन्तर २० प्रतिशत छ ।

प्रदेशसभा जतिको प्रतिनिधिसभामा मत एकीकृत समाजवादीले प्राप्त गरेको भए कुल मतको ३ दशमलव ६ प्रतिशत हुन आउँथ्यो । जुन राष्ट्रिय पार्टी हुनका लागि आवश्यक पर्ने ३ प्रतिशत थ्रेसहोल्डभन्दा बढी हो । एसले प्रदेश नम्बर १ मा प्रतिनिधिसभा भन्दा ९ हजार १६ मत बढी प्राप्त गरेको छ । प्रदेश १ मा प्रतिनिधिसभाको समानुपातिकतर्फ ४५ हजार ६७१ मत प्राप्त गरेको एकीकृत समाजवादीले प्रदेशसभामा ५४ हजार ६८७ मत प्राप्त गरेको थियो ।

मधेस प्रदेशमा भने सो दलले दुवै सदनका लागि एक लाखभन्दा बढी मत प्राप्त गरेको छ । तर प्रदेशसभामा भने प्रतिनिधिसभामा १ लाख ३ हजार ९३६ मत प्राप्त गरेको छ । त्यसैगरी प्रदेशसभामा वाग्मती प्रदेशमा पनि प्रतिनिधिसभाभन्दा १५ हजार २२४ बढी मत ल्याएको छ । यो प्रतिनिधिसभामा ४८ हजार २८७ मत प्राप्त गरेको छ त्यसैगरी प्रदेशसभामा ६३ हजार ५११ मत प्राप्त गरेको छ । वाग्मतीमा प्रदेशसभामा भन्दा प्रदेशसभामा करिब एक चौथाई मत कम हो । जबकी सबैभन्दा कम आएको गण्डकी प्रदेशमा सो दलले ९ हजार १६३ मत प्राप्त गरेको छ भने प्रदेशसभामा १४ हजार ६९७ मत प्राप्त गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाबीच मतान्तर ५ हजार ३३४ मत प्राप्त गरेको छ । यस्तै अवस्थामा लुम्बिनी प्रदेशमा पनि देखिएको छ । लुम्बनीमा प्रतिनिधिसभातर्फ २६ हजार ८३२ मत प्राप्त गर्दा प्रदेशसभामा ४२ हजार ६२१ मत प्राप्त गरेको छ । यो संख्या १८ हजार ७८० मतको अन्तर छ ।

कर्णाली प्रदेशमा प्रतिनिधिसभा तथा प्रदेशसभा मतमा १० हजारभन्दा बढी छ । कर्णाली प्रदेशमा प्रतिनिधिसभामा २५ हजार ५५५ मत प्राप्त गर्दा प्रदेशसभामा ३५ हजार ८२६ मत प्राप्त गरेको छ । सुदूरपश्चिममा पनि त्यस्तै अवस्था देखिएको छ । सो प्रदेशमा ११ हजारको मतान्तर रहेको छ । ३० हजार ७८२ मत प्राप्त गर्दा प्रदेशसभामा ४१ हजार ८३९ मत प्राप्त गरेको छ ।

हालसम्म गणना भएको मत

१ करोड १ लाख ७१ हजार २७३ मत

एकीकृत समाजवादी

२ लाख ९० हजार १९६ मत

प्रदेश १

प्रतिनिधिसभा

४५ हजार ६७१

प्रदेशसभा

५४ हजार ६८७ मत

मधेस प्रदेश

प्रतिनिधिसभा

१ लाख ३ हजार ९३६

प्रदेशसभा

१ लाख १२ हजार २६४ मत

वाग्मती प्रदेश

प्रतिनिधिसभा

४८ हजार २८७

प्रदेशसभा

६३ हजार ५११

गण्डकी प्रदेश

प्रतिनिधिसभा

९ हजार १६३

प्रदेशसभा

१४ हजार ६९७

लुम्बिनी प्रदे

प्रतिनिधिसभा

२६ हजार ८३२

प्रदेशसभा

४२ हजार ६२१

कर्णाली प्रदेश

प्रतिनिधिसभा

२५ हजार ५५५

प्रदेशसभा

३५ हजार ८२६

सुदुर पश्चिम प्रदेश

३० हजार ७८२ मत

प्रदेशसभा

४१ हजार ८३९

प्रकाशित : मंसिर १४, २०७९ २१:५०
प्रतिक्रिया
पठाउनुहोस्

गृहमन्त्री खाँणको पराजयपछि रुपन्देही कांग्रेसभित्र विवाद

सन्जु पौडेल

तिलोत्तमा — यही मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाँणको पराजयपछि रुपन्देही कांग्रेसभित्र विवाद सुरु भएको छ । 

अन्तर्घातका कारण रुपन्देही-३ बाट उम्मेदवारी दिएका खाँण पराजित भएको भन्दै पार्टीभित्रका नेता कार्यकर्ताबीच अरोप-प्रत्यारोप सुरु भएको हो । गृहमन्त्री रहेका खाँणले अन्तर्घातका कारण हार व्यहोर्नु परेको आरोप संस्थापन पक्षका नेता, कार्यकर्ताको छ । संस्थापनइतर पक्षले भने आफूहरुमाथि लगाइएको आरोप निराधार रहेको र पार्टीभित्र विवाद सिर्जना गर्नका लागि भ्रम फैलाइएको बताएका छन् ।

रुपन्देही कांग्रेसका विभिन्न कमिटीमा आबद्ध व्यक्तिले बुधबार विज्ञप्ति जारी गर्दै मुलुकभर पार्टीको नतिजा उत्साहजनक देखिए पनि जिल्लामा भने निराशाजनक आएको बताएको छ । रुपन्देही-३ बाट कांग्रेसका उम्मेदवार खाँण र प्रदेशसभा ३ (२) का उम्मेदवार रामचन्द्र ढकाललाई हराउन अन्तर्घात गरेको भनी कांग्रेस क्षेत्रीय समितिको हवाला दिई प्रकाशित भएका समाचार तथा व्यक्तिगत पोष्टप्रति ध्यानाकर्षण भएको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका प्रत्यासी बालकृष्ण खाँण र प्रदेशसभा ३ (२) का उम्मेदवार रामचन्द्र ढकाललाई हराउन अन्तर्घात गरेको भनी कांग्रेस क्षेत्रीय समितिको हवाला दिई प्रकाशित भएका समाचार तथा व्यक्तिगत पोष्टहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

कांग्रेस लुम्बिनी प्रदेश समितिका सदस्यहरु रामबहादुर कार्की, विष्णु पोखरेल, रमेश खनाल, हरिध्वज मल्ल, पूर्वलुम्बिनी प्रदेश समिति सदस्य रमा अर्याल, पूर्वमहाधिवेशन प्रतिनिधि जसवन्त कुँवरलगायतले संयुक्त विज्ञप्ति जारी गर्दै जिल्लामा देखिएको निराशाजनक परिणामको नेतृत्वले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिन माग गरेको छ । कांग्रेस आबद्ध गठबन्धनलाई जिताउने काममा सिंगो पार्टी पंक्ति परिचालित भएको अवस्थामा अन्तर्घात भयो भनी पार्टीभित्रैबाट विभिन्न माध्यममार्फत आरोपित गरिएको भन्दै त्यसप्रति आपत्ति जनाइएको छ ।

प्रकाशित : मंसिर १४, २०७९ २१:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×