१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पासाङ ल्हामुमार्ग स्तरोन्नति गराएरै छाड्छु : नेता केसी 

कृष्ण थापा

नुवाकोट — प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अलपत्र अवस्थामा रहेको पासाङ ल्हामु मार्गको पीपलटार–रानीपौवा–बालाजु सडक आफूले निर्माण गरेरै छाड्ने दाबी गरेका छन् । यसअघिको नेतृत्वले नहेरेको र आफूले त्यसको दुरावस्थालाई हेरेर नबस्ने उनको भनाइ छ ।

पासाङ ल्हामुमार्ग स्तरोन्नति गराएरै छाड्छु : नेता केसी 

विदुर नगरपालिकाले बुधबार निर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरुको स्वागत तथा सम्मान कार्यक्रममा नेता केसीले देशमा व्याप्त भ्रष्टाचारको विरुद्धमा उभिने पनि बताए । ‘देशमा व्याप्त भ्रष्टाचार विरुद्धमा लाग्दा र उभिँदा कहाँ पुग्ने, के नपाउने भन्ने छैन,’ उनले भने, ‘देश झण्डै ८ खर्ब ऋणबाट साढे १७ खर्ब ऋणमा परिणत भएको छ ।’

बर्सेनि व्यापार घाटा १६–१७ खर्ब पुगेको भन्दै उनले विदेशीको ऋणमात्र नभई अनियमितता र भ्रष्टाचारले सीमा नाघेको परिस्थिति रहेको उल्लेख गरे ।

मुलुकको संरक्षण र संवर्द्धन कसरी गर्ने भन्नेतिर विशेष ध्यान दिनु आवश्यक रहेको बताए । उनले विकास निर्माण जनप्रतिनिधि गम्भीर ढंगले लग्न पर्नेमा जोड दिए । उनले विदुरलाई स्मार्टसिटीको रुपमा विकास गर्ने बताए । त्यसैगरी बेलकोटगढीनगरमा औद्योगिक क्षेत्र विकास गर्न जग्गा अधिग्रहण गराउन पहल गरेर अगाडि बढाइने उनले बताए ।

पृथ्वीनारायण संग्रहालयको लागि पहल गरेको, नुवाकोट सम्पदा गाउँ निर्माण, उत्तरगया, ईतिहास संरक्षणका लागि नुवाकोटका कोटहरु, अब बन्ने तामाङ संग्रहालय निर्माण गराएर छाड्ने उनले बताए ।

त्यसैगरी, त्रिशूली लगायतका नदीमाथि भइरहेको दोहन रोक्ने नेता केसी बताए । ‘जुन दोहन गरिएको छ,’ उनले भने, ‘त्यो रोक्छु ।’

प्रदेशसभा सदस्य रामप्रसाद ढुंगाना, माओवादी केन्द्रका उम्मेदवार एवं जिल्ला इन्चार्ज विमला सुवेदी, संविधानसभा सदस्य जगदीश्वरनरसिंह केसीलगायतले धारणा राखेका थिए ।

प्रकाशित : मंसिर १४, २०७९ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?