काठमाडौं महानगर प्रहरीमाथि आक्रमण गर्ने ४ जनालाई पक्राउ गर्न प्रशासनको निर्देशन- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौं महानगर प्रहरीमाथि आक्रमण गर्ने ४ जनालाई पक्राउ गर्न प्रशासनको निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार काठमाडौं नगर प्रहरीमाथि सांघातिक आक्रमण गर्ने ४ जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ ।

सोमबार थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गराउन भन्दै गएको महानगरको टोलीमाथि सांघातिक आक्रमण भएको भन्दै काठमाडौं महानगरपालिकाले काठमाडौं प्रहरी परिसर टेकुमा उजुरी गरेको थियो ।

साथै उक्त प्रकरणबारे महानगरले जिल्ला प्रशासन कार्यालयलाई समेत जानकारी गराएको थियो । बुधबार जिल्ला प्रशासन कार्यालयले नगर प्रहरीमाथि आक्रमण गरेको आरोपमा नारायण परिश्रमी, हुकुमबहादुर लामा, दीपकजंग कुँवर र राजु तामाङलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन प्रहरीलाई निर्देशन दिएको हो ।

उनीहरूमाथि नगर प्रहरी प्रमुख राजु पाण्डे, नगर प्रहरी जवान शर्मिला बोगटीलगायत १८ जनालाई आपराधिक बल तथा हातहतियार प्रयोग गरी बन्धक बनाई सांघातिक आक्रमण गरी घाइते बनाएको आरोपमा अनुसन्धान अघि बढाइने प्रहरी परिसरले जनाएको छ । उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ को दफा ८५, दफा १९६ र दफा २१२ बमोजिम कारबाही प्रकिया अघि बढाउन प्रशासनले निर्देशन दिएको हो ।

के-के प्रावधान छ मुलुकी अपराध संहिताको दफा ८५, १९६ र २१२ मा ?


प्रकाशित : मंसिर १४, २०७९ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्

सल्यानमा जिप र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

विप्लव महर्जन

सल्यान — सल्यानको सिद्धकुमाख गाउँपालिका १ पटारेस्थित राप्ती राजमार्गमा बोलेरो जिप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।

श्रीनगरदेखि थारमारेतर्फ जाँदै गरेको रा १ च १२४२ नम्बरको बोलेरो जिप र रा ६ प ७४९८ नम्बरको मोटरसाइकल ठोक्किँदा रुकुम जिल्लाको सिस्ने गाउँपालिका ६ बस्ने १९ वर्षीय मोटरसाइकल चालक सुदिप मल्ल र उनकी आमा ४० वर्षीया निर्मला मल्ल घाइते भएका हुन् ।

घाइते आमाछोरालाई स्थानीय तथा प्रहरीले उद्धार गरेको र अहिले शारदा नगरपालिका १ श्रीनगरस्थित मेट्रो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सन्तोष खनालले बताएका छन् ।

उनका अनुसार बोलेरो जिपमा ठोक्किँदा मोटरसाइकल दुर्घटनामा परेको थियो । अहिले बोलेरो जिप चालक शारदा नगरपालिका १४ बस्ने प्रदिप विकका साथै जिप र मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको पनि प्रहरीको भनाइ छ ।

प्रकाशित : मंसिर १४, २०७९ १६:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×