कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

भारतमा आयोजित 'गीता महोत्सव'को कन्ट्री पार्टनर नेपाल

नयाँ दिल्ली — भारतको हरियाणा सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय गीता महोत्सवमा नेपाल ‘कन्ट्री पार्टनर’ रहेको छ । हरियाणाको ऐतिहासिक तथा धार्मिक महत्त्वको सहर कुरुक्षेत्रमा आयोजित उक्त महोत्सवको मंगलबार राष्ट्रपति द्रौपदी मुर्मुले उद्घाटन गरेकी छन् ।

भारतमा आयोजित 'गीता महोत्सव'को कन्ट्री पार्टनर नेपाल

कार्यक्रममा भारतका लागि नेपाली राजदूत शंकर शर्माले नेपालको प्रतिनिधित्व गरेका थिए । आयोजकले प्रधानमन्त्री शेरबहादुर देउवालाई निमन्त्रणा गरेको थियो । तर, देउवा नेपालमा जारी चुनावी प्रक्रिया लगायत कारणले सहभागितका लागि असमर्थ रहेको जनाएका थिए । नेपाल सरकारको तर्फबाट प्रधानमन्त्री देउवाको सन्देश कार्यक्रममा सुनाइएको थियो ।

मन्त्रोच्चारण, शंखनाद र श्लोकोच्चारणका बीच राष्ट्रपति मुर्मुले महोत्सव उद्घाटन गरेकी थिइन् । हरियाणाका राज्यपाल बंडारु दत्तात्रेय, मुख्यमन्त्री मनोहर लालसहित प्रदेशका उच्च अधिकारीहरू माझ नेपाली राजदूत शर्माको पनि सहभागिता थियो ।

महोत्सवमा भारतका विभिन्न राज्यबाट आएका कलाकाहरूले आफ्नो प्रदेशको कला संस्कृतिको झाँकी प्रदर्शन तथा सांस्कृति कार्यक्रम देखाएका छन् । ‘कन्ट्री पार्टनर’का रुपमा नेपालले पनि आफ्नो कार्यक्रम नोभेम्बर ४ मा प्रदर्शन गर्दैछ ।

त्यसवाहेक व्यापार व्यवसायका हिसबाले पनि महोत्सवमा स्टलहरू राखिएका छन् । नेपालको पहिाचन देखिने हस्तकलाहरु नेपाली टोपी, खकुरी, पस्मिना, रुद्राक्ष सहितका सामग्रीको स्टल राखिएको दूतावासका कल्चरल काउन्सिलर यदु पौडेलले बताए ।

उनले साताव्यापी चल्ने मेलालाई ४५ लाख मानिसले अवलोकन गर्ने आयोजकले अनुमान गरेको भन्दै भारतका ठूलो जनसंख्या माझ नेपाली उत्पादनहरूलाई चिनाउने अवसर पनि रहेको बताए । ‘धार्मिक, ऐतिहासिक र व्यवसायिक सबै डाइमेन्सनबाट मेलाको महत्त्व देखिएको छ,’ उनले भने ‘हामीले यसबाट लाभ लिने कोसिस गर्न सक्नुपर्छ ।’

प्रकाशित : मंसिर १३, २०७९ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?