२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

जो झिनो मतान्तरले पराजित भए

काठमाडौँ — नेकपा एमालेका महासचिव शंकर पोखरेल दाङ क्षेत्र नं. २ मा १९३ मतान्तरले पराजित भए । उनलाई सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी नेकपा माओवादी केन्द्रकी नेता रेखा शर्माले पराजित गरेकी हुन् । पोखरेलले २६ हजार ६८७ मत ल्याउँदा माओवादी केन्द्रकी शर्माले २६ हजार ८८० मत ल्याइन् । ०७४ मा लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि पहिलो मुख्यमन्त्री बनेका पोखरेल यसपटक प्रतिनिधिसभा सदस्यमा पराजित भएका हुन् ।

जो झिनो मतान्तरले पराजित भए

एमालेकै सचिव योगेश भट्टराई ताप्लेजुङसँग प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री २०८ मतान्तरले पराजित । ०७४ मा ताप्लेजुङबाटै १२ हजार ५९१ मतान्तरले जितेका भट्टराईलाई यसपटक नेपाली कांग्रेस र गठबन्धन भारी परेको थियो ।

भट्टराईले २१ हजार ९४३ मत पाएर विजयी भए भने बुढाक्षेत्रीले २१ हजार ७३५ मत ल्याएका थिए । जबकि ०७४ मा भट्टराईले २९ हजार ४७९ मत ल्याउँदा कांग्रेसका केशव दाहालले १६ हजार ८८८ मत मात्रै पाएका थिए ।

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव धनुषा–४ मा १२४ मतान्तरले पराजित भए । यादवलाई नेकपा एमालेका रघुवीर महासेठले पराजित गरेका हुन् । यादवले ३२ हजार ११२ मत ल्याउँदा महासेठले ३२ हजार २३६ मत पाएर विजयी भए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्र काठमाडौं– १ मा १२५ मतले पराजित भए । उनलाई नेपाली कांग्रेसका प्रकाशमान सिंहले दोहोर्‍याएर पराजित गरे । सिंहले ७ हजार १४३ मत पाउँदा मिश्रले ७ हजार १८ मत ल्याएका थिए । ०७४ मा पनि यहाँ सिंह र मिश्रबीचमै मुख्य प्रतिस्पर्धा थियो । तर, त्यसबेला मिश्र विवेकशील साझा पार्टीबाट उम्मेदवार थिए । त्यसबेला सिंहले ८१८ मतान्तरले चुनाव जितेका थिए ।

इलाम–१ मा कांग्रेसका जिल्ला सभापति डम्बर खड्का ११४ मतान्तरले पराजित भए । यहाँ नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले पाँचौपटक चुनाव जिते । नेम्वाङले ३० हजार २० मत पाए जिते भने खड्काले २९ हजार ९०३ मत ल्याए ।

निर्वाचन आयोगले पाँचथरको अन्तिम नतिजा घोषणा गरेको छैन । तर प्रत्यक्षतर्फको मतपेटिका गणना भइसक्दा नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बे ४७ मतले पराजित भएका छन् । समानुपातिकतर्फको पेटिकामा पनि प्रत्यक्षतर्फको मतपत्र भेटिएपछि अहिले त्यो गणना भइरहेको छ । प्रत्यक्षतर्फको पेटिका गणनाको अन्तिम परिणामअनुसार नेम्वाङले ३२ हजार ११० मत पाएका छन् भने आङ्देम्बेले ३२ हजार ६३ मत पाएका छन् ।

यी हुन् पाँच सयभन्दा कम मतान्तरले हारजित भएका १५ क्षेत्र

प्रकाशित : मंसिर १३, २०७९ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?