१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

धनुषा-४ मा एमालेका रघुवीर महासेठ विजयी

कान्तिपुर संवाददाता

काठमाडौँ — धनुषा- ४ मा एमालेका रघुवीर महासेठ विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार महासेठले ३२२३६ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गरेका हुन् । पराजित महेन्द्र यादवले ३२११२ मत ल्याएका छन् ।

धनुषा-४ मा एमालेका रघुवीर महासेठ विजयी

महासेठ २०६४ को संविधान सभाको उपनिर्वाचनमा धनुषा-५ बाट विजयी भएका थिए । २०७४ को चुनावमा पनि उनी धनुषा-४ बाट निर्वाचित भएका थिए । धनुषा- ३ बाट यसपटक उनकी श्रीमती जुलीकुमारी महतो विजयी भइसकेकी छन् । महासेठ एमाले सचिव हुन् ।

प्रकाशित : मंसिर १३, २०७९ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अतिरिक्त भत्ता स्वत: नपाए त्रिवि ठप्प पार्ने कर्मचारीहरूको धम्कीलाई के भन्नुहुन्छ ?