१२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

स्रोत नखुलेको १३ लाख ८९ हजार नगदसहित भारतीय नागरिक पक्राउ

रासस

काठमाडौँ — नेपाल प्रहरीले स्रोत नखुलेको १३ लाख ८९ हजार रुपैयाँ नगदसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा खटिएको प्रहरीको टोलीले आइतबार बुद्ध एयरको विमानबाट काठमाडौंदेखि विराटनगर जान लागेका भारतीय नागरिक अकवाल अलीलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो । 

स्रोत नखुलेको १३ लाख ८९ हजार नगदसहित भारतीय नागरिक पक्राउ

पक्राउ परेका अलीसँग एक हजार दरका चार सय ८४ थान र पाँच सय रुपैयाँ दरका एक हजार आठ सय १० थान गरी जम्मा १३ लाख ८९ हजार रकम बरामद गरेको छ । अलीसँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर ११, २०७९ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सेयर खरिद–बिक्री प्रकरणमा नियामक निकाय निष्क्रिय राखेर छुट्टै छानबिन समिति गठन गर्नुको कारण के हो?