कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

अमेरिकी दूतावासले हिउँ चितुवाका 'फेक तस्बिर' हटाउने

काठमाडौँ — अमेरिकी फोटोग्राफर भनिएकी कित्तिया पाव्लोभ्स्कीले नेपालको खुम्बु क्षेत्रमा पुगेर खिचेको दाबी गरिएका भाइरल तस्बिरहरू अमेरिकी दूतावासले आफ्नो सामाजिक सञ्जालबाट हटाउने भएको छ ।

अमेरिकी दूतावासले हिउँ चितुवाका 'फेक तस्बिर' हटाउने

अमेरिकी फोटोग्राफरले खिचेको तस्बिर भन्दै केही समयअघि दूतावासले उक्त फोटोहरू आफ्नो फेसबुक र इन्स्टाग्राम पेजबाट सेयर गरेको थियो जुन त्यतिबेला निकै चर्चित पनि भएको थियो । अहिले आएर फ्रान्सेली अल्पाइन म्यागाजिनका विज्ञहरूले सो तस्बिर सम्पादित र विभिन्न तस्बिरहरूको मोन्टाज भएको भन्ने प्रमाण प्रस्तुत गरेपछि कित्तिया सामाजिक सञ्जालहरूबाट गायब भएकी छिन् । तर उनको वेबसाइटमा अझै पनि उनको यात्रा विवरण र तस्बिरहरू यथावत छन्, जहाँ उनले आफूले अमेरिकी दूतावाससँग काम गरेको दाबी पनि गरेकी छन् ।

'हामी केही समयअघि हामीले सेयर गरेका तस्बिरहरू हटाउँदैछौं,' पोस्टमा भनिएको छ, 'उनले दाबी गरेजस्तो हाम्रो उनीसँग कुनै साझेदारी छैन ।' तथ्यजाँच लेखको बारेमा आफूले थाहा पाएको र फोटोग्राफरले आफ्नो सामाजिक सञ्जालहरू बन्द गरेपनि वेबसाइट अझै सञ्चालनमा रहेको पनि दूतावासले आफ्नो पोस्टमार्फत जानकारी गराएको छ ।

सामाजिक सञ्जालमा सेयर भएका पोस्टहरू नहटाउने र हटाउनुपर्ने भएमा जानकारी दिएर हटाउने अन्तर्राष्ट्रिय प्रचलन रहेको छ। यो सबै विवादका बीचमा फोटोग्राफर भनिएकी कित्तियाको तर्फबाट यो समाचार लेख्दासम्म केही औपचारिक प्रतिक्रिया आएको छैन । ती तस्बिरहरू वास्तविक नभएको बाहिर आएपछि सामाजिक सञ्जालमा अमेरिकी दूतावासलाई मेन्सन गरेर प्रश्न सोध्ने र हाँसिमजाक गर्ने क्रम भने जारी रहेको छ ।

प्रकाशित : मंसिर ११, २०७९ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?