कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जीवन बिमक संघको अध्यक्षमा पौडेल

काठमाडौँ — जीवन बिमा कम्पनीहरूको छाता संगठन जीवन बिमक संघको अध्यक्षमा पोषकराज पौडेल चुनिएका छन् । शुक्रबार सम्पन्न वार्षिक साधारणसभाले पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चुनेको हो । पौडेल सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन् ।

जीवन बिमक संघको अध्यक्षमा पौडेल

संघको उपाध्यक्षमा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी प्रवीणरमण पराजुली, महासचिव ज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्री र कोषाध्यक्षमा एसियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ चुनिएका छन् । संघको कार्यकारी सदस्यमा एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत एलपी दास, आईएमई लाइफका प्रमुख कार्यकारी अधिकृत कवि फुयाल र रिलायबल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनी छन् । नेपालमा १९ वटा जीवन बिमा कम्पनी सञ्चालनमा छन् ।

प्रकाशित : मंसिर ११, २०७९ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?