कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

सशस्त्र प्रहरी महानिरीक्षक र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौँ — सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र अमेरिकी राजदूत डिन आर थम्पसनबीच शिष्टाचार भेटवार्ता भएको छ । शुक्रबार सशस्त्र प्रहरी बल मुख्यालय हल्चोकमा महानिरीक्षक अर्याल र राजदूत थम्पसनबीच भेटवार्ता भएको हो ।  

सशस्त्र प्रहरी महानिरीक्षक र अमेरिकी राजदूतबीच भेटवार्ता

राजदूत भएर आएपछि थम्पसनको महानिरीक्षक अर्यालसँग भएको यो पहिलो भेट हो । भेटका अवसरमा महानिरीक्षक अर्याल र राजदूतबीच दुई देशको सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित : मंसिर ९, २०७९ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?