कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

नयाँ सरकारसँग नजिक रहेर काम गर्न तत्पर : भारत

नयाँदिल्ली — भारतले नेपालमा आमनिर्वाचनपछि बन्ने सरकारसँग नजिक रहेर काम गर्न तत्पर रहेको जनाएको छ ।

नयाँ सरकारसँग नजिक रहेर काम गर्न तत्पर : भारत

विदेश मन्त्रालयका प्रवक्ता अरविन्दम बागचीले भारत र नेपालबीच नजिकको एवं विशेष सम्बन्ध रहेको उल्लेख गर्दै नेपाली जनताले चुन्ने नयाँ सरकारसँग पनि नजिककै सम्बन्ध रहने बताए ।

बिहीबारको नियमित प्रेस ब्रिफिङमा नेपालको चुनावका सन्दर्भमा सोधिएको प्रश्नमा बागचीले आन्तरिक मामिला भन्दै कुनै टिप्पणी गरेनन् । ‘परिणाम आइरहेको छ, त्यसको प्रतीक्षा गर्नुपर्छ,’ उनले भने ।

प्रकाशित : मंसिर ९, २०७९ ०५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?