कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६
आमनिर्वाचन २०७९

प्रतिनिधिसभातर्फ १ सय १ स्थानको चुनावी परिणाम सार्वजनिक

काठमाडौँ — प्रतिनिधिसभाको १ सय १ निर्वाचन क्षेत्रको परिणाम बिहीबार साँझसम्ममा सार्वजनिक भएको छ । सार्वजनिक गरिएको परिणामा पहिलो, दोस्रो र तेस्रो स्थानमा क्रमश: नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र रहेको छ ।

प्रतिनिधिसभातर्फ १ सय १ स्थानको चुनावी परिणाम सार्वजनिक

जसमा कांग्रेसका ३६ जना सांसद निर्वाचित भएका छन् भने दोस्रो स्थानमा रहेको एमालेले २२ स्थानमा जित हासिल गरेको छ ।

त्यसैगरी माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९-९ जना उम्मेदवार निर्वाचित भएका छन् । यसै वर्ष गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीका ७ जना उम्मेदवारले विजय प्राप्त गरेका छन् । ५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित हुँदा राप्रपाका ४ जना सांसद चुनिएका छन् ।

त्यसैगरी जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीले २-२ स्थानमा जित हासिल गरिसकेका छन् । नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले पनि संसद्मा खाता खोलेका छन् । चालु मतगणनामा कांग्रेसका १८ उम्मेदवार अग्रस्थानमा रहेका छन् ।

त्यसैगरी एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीका क्रमश: २४, ८ र १ जना उम्मेदवार अग्रस्थानमा रहेका छन् । त्यसैगरी स्वतन्त्र पार्टी १, राप्रपा २, जसपा ४, लोसपा २, नागरिक उन्मुक्ति १ स्थानमा अग्र स्थानमा छन् । बाजुरा, स्याङ्जा २ र दोलखामा विवादको कारण गणना हुनसकेको छैन । विवादको कारण इलाम १ को मतगणना पनि स्थगित रहेको छ ।

गत शुक्रबार प्रत्यक्ष १ सय ६५, समानुपातिकतर्फको १ सय १० गरी २ सय ७५ सदस्यीय संघीय संसद र सातै प्रदेशको प्रदेशसभाको चुनाव भएको थियो ।

प्रकाशित : मंसिर ८, २०७९ २२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?