संखुवासभा प्रदेशसभा १ मा माओवादीका राजेन्द्र कार्की ३४ मतले विजयी- समाचार - कान्तिपुर समाचार

संखुवासभा प्रदेशसभा १ मा माओवादीका राजेन्द्र कार्की ३४ मतले विजयी

दीपेन्द्र शाक्य

संखुवासभा — संखुवासभाबाट प्रदेशसभा १ मा माओवादी केन्द्रका राजेन्द्र कार्की निर्वाचित भएका छन् ।

कार्कीले एमालेका भविश्वर गुरुङलाई ३४ मत बढि ल्याएर पराजित गरेका हुन् । कार्कीले १३ हजार ४३३ मत ल्याउदा गुरुङले १३ हजार ३९९ मत ल्याएका छन् ।

प्रकाशित : मंसिर ८, २०७९ २१:३४
प्रतिक्रिया
पठाउनुहोस्

संखुवासभामा अझै सुरु भएन मतगणना

दीपेन्द्र शाक्य

संखुवासभा — संखुवासभमा अझै मतगणना सुरु हुन सकेको छैन । विकट मतदान केन्द्रका मतपेटिका मतगणनास्थल खाँदबारी ल्याउन ढिलाइ हुँदा मतगणनाको काम सुरु हुन नसकेको हो । सहायक मुख्य निर्वाचन अधिकृत ईन्द्रप्रसाद सापकोटाका अनुसार भोटखोलाको गोलाबजारमा संकलन गरिएको मतपेटिका ल्याउन ढिलाइ हुँदा मतगणना हुन नसकेको हो । 

सोमबार दुर्गम भोटखोला गाउँपालिकाका ३ वटा मतदान केन्द्रका मतपेटिका सेनाको हेलिकप्टरबाट सोमबार सदरमुकाम खाँदबारी ल्याइएको थियो । विकट मानिएको च्याम्ताड्ड मतदान केन्द्रको मतपेटिका हिँडाएर ल्याउँदा ढिलाइ भएको हो । किमाथांका, थुदाम र रिदाक मतदान केन्द्रका मतपेटिका सेनाको हेलिकप्टरबाट ल्याइए पनि गोला बजारमा संकलन गरिएको ११ केन्द्रको मतपेटिका मंगलबार सोमबार मध्यरातिमात्र आइपुगेको छ । च्याम्ताड्ड मतदान केन्द्रका कर्मचारी १५ घण्टा हिँडेर गोलाबजार आएका थिए ।

मंगलबार बिहान सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी गरिएको सापकोटाले बताए । १ सय ६४ केन्द्रको मतपेटिका संकलन भइसकेको उनले बताए । उनका अनुसार विकटता र कच्ची सडक भएकाले मतपेटिका समयमै ल्याउन नसकिएको हो । मतगणना जिल्ला समन्वय समितिको सभाहलमा गर्ने तयारी गरिएको छ । तारजाली लगाएर सीसीटीभी क्यामराको निगरानीमा मत गन्ने तयारी गरिएको छ । संखुवासभामा ५६ प्रतिशत अर्थात् ६५ हजार ८९२ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । संखुवासभामा १ लाख १७ हजार ५ सय ५४ मतदाता रहेका छन् ।

प्रकाशित : मंसिर ६, २०७९ ०८:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×