२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

काठमाडौंको बाफलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

रासस

काठमाडौँ — काठमाडौंको बाफलमा ट्रकको ठक्करबाट एक जना पैदलयात्रुको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–१३ बाफलस्थित सडकमा ना ६ ख ४३८० नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री काभ्रेपलाञ्चोक चौरे देउराली गाउँपालिका–४ घर भएकी ४९ वर्षीया सरस्वती तामाङको बिहीबार बिहान मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी तामाङको उपचारका क्रममा मनमोहन अस्पताल स्वयम्भूमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा संलग्न ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : मंसिर ८, २०७९ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?