काठमाडौंको बाफलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु- समाचार - कान्तिपुर समाचार

काठमाडौंको बाफलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

रासस

काठमाडौँ — काठमाडौंको बाफलमा ट्रकको ठक्करबाट एक जना पैदलयात्रुको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–१३ बाफलस्थित सडकमा ना ६ ख ४३८० नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री काभ्रेपलाञ्चोक चौरे देउराली गाउँपालिका–४ घर भएकी ४९ वर्षीया सरस्वती तामाङको बिहीबार बिहान मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी तामाङको उपचारका क्रममा मनमोहन अस्पताल स्वयम्भूमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा संलग्न ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : मंसिर ८, २०७९ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्

तनहुँ १ (१) मा कांग्रेसका श्रेष्ठ निर्वाचित

सम्झना रसाइली

तनहुँ — तनहुँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ (१) मा नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठ निर्वाचित भएका छन् । केसी गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । 

लोकतान्त्रिक-वाम गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले नेकपा (एमाले)का रामबहादुर गुरुङलाई ४ हजार २ सय १२ को मतान्तरले पराजित गरेका हुन् ।

कांग्रेसबाट निर्वाचित श्रेष्ठले १५ हजार ३ सय ६७ मत प्राप्त गर्दा एमालेका उम्मेदवार गुरुङले ११ हजार १ सय ५५ मत प्राप्त गरेका थिए ।

प्रकाशित : मंसिर ८, २०७९ १३:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×