कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

तेह्रथुममा गठबन्धनकी उम्मेदवार गुरुङको अग्रता

कान्तिपुर संवाददाता

तेह्रथुम — तेह्रथुममा पाँच दलीय गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेकी कांग्रेसकी सिता गुरुङले अग्रता लिएकी छिन् । छथर गाउँपालिका र लालीगुराँस नगरपालिकाको मतगणना सम्पन्न हुँदा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी गुरुङले ६ हजार ९ सय ९२ मत प्राप्त गरेकी छन् । 

तेह्रथुममा गठबन्धनकी उम्मेदवार गुरुङको अग्रता

नेकपा (एमाले) विजय सुब्बाले ६ हजार १ सय ८७ मत प्राप्त गरेका छन् । ८ सय ५ मत अन्तरले सुब्बाई पछि पार्दै गुरुङले अग्रता लिएकी हुन् । गत स्थानीय तह निर्वाचनमा छथर गाउँपालिका एमाले र लालीगुराँस नगरपालिकामा कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए ।

हाल छथर गाउँपालिका र लालीगुराँस नगरपालिकामा प्रदेश र संघतर्फको मत गणना सम्पन्न भइसकेको सहायक निर्वाचन अधिकृत गोविन्द हुमागाईंले जानकारी दिए ।

प्रकाशित : मंसिर ८, २०७९ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सञ्चालन गर्दै आएको विदेशी कम्पनी आजिएटा नेपालबाट बाहिरिनुको मुख्य कारण के हो ?