बझाङमा एकीकृत समाजवादीका भानुभक्त जोशी निर्वाचित

वसन्तप्रताप सिंह

बझाङ — बझाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी निर्वाचित भएका छन् । उनले नेकपा एमाले ऐन महरलाई ९ सय ९८ मतले पछि पार्दै जित हात पारेका हुन् । 

बझाङमा एकीकृत समाजवादीका भानुभक्त जोशी निर्वाचित

जोशीले २८ हजार १४३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी महरले २७ हजार १४५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

मंगलबार सााझबाट सुरु भएको मतगणनामा सुरुवाति अग्रता एमालेले लिएको थियो । गणना सुरु भएको २४ घण्टासम्म लगातार अग्रता लिएको एमालेले बुधबार सााझबाट समाजवादीसाग कुनै बेला पछि र कुनै बेला अघि हुँदै गर्दा प्रतिस्पर्धा रोचक बनेको थियो ।

निवार्चित जोशी यसअघि एक पटक प्रतिनिधिसभा सदस्य, एक पटक संविधान सभा सदस्य र एक पटक वनमन्त्री भइसकेका छन् । नेकपा एमालेबाट गत वर्ष मात्रै पार्टी परिवर्तन गरेका जोशी नेकपा एसका स्थायी समिति सदस्य हुन् । जितपछि प्रतिक्रिया दिँदै उनले जनताले गरेको विश्वासअनुसार बझाङ जिल्लाको विकास र मुलुकको नीति निर्माणमा आफूलाई समर्पित गर्ने बताएका छन् ।

प्रकाशित : मंसिर ८, २०७९ ०१:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?