गुल्मीमा जिप दुर्घटना, ४ को मृत्यु, ५ जना घाइते- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुल्मीमा जिप दुर्घटना, ४ को मृत्यु, ५ जना घाइते

गगनशिला खड्का

गुल्मी — गुल्मीको सत्यवतीमा जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । सत्यवती गाउँपालिका– ३, ठूलोलुम्पेकबाट कुढडाँडा जाँदै गरेको लु ३ च ५३४० नम्बरको जिप बुधबार बिहान कुढडाडाँमा दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको र ५ जना घाइते प्रहरीले जनाएको छ ।

राति करिब बुधबार बिहान २ बजे भएको दुर्घटनामा परी मृत्यु हुनेहरुमा सत्यवती– ३ का जिप धनी ५१ वर्षका झलक सोमै, ५५ वर्षका टीका राहादी, ४७ वर्षका रनबहादुर सिजापति, २५ वर्षका मिलन तरामोको रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक कृष्णप्रसाद आचार्यले बताए।

घाइते हुनेहरुमा सत्यवती– ३ का ३३ वर्षका कार्बाेलिन सोमै, ४३ वर्षकी जमुना सोमै, ३२ वर्षका चेतमान सिञ्जाली, ४९ वर्षका गिरबहादुर राहादी र खण्डन सोमै रहेको आचार्यले बताए ।

घाइते ५ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको सत्यवती गाउँपालिकाका उपाध्यक्ष निरमाया तरामुले जानकारी दिइन् ।

दुर्घटनाको सूचना प्राप्त हुनसाथ उद्धारको लागि एम्बुलेन्स सहितको प्रहरीको टोली घटनास्थलतर्फ लागेको गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।


प्रकाशित : मंसिर ७, २०७९ ०६:३७
प्रतिक्रिया
पठाउनुहोस्

गुल्मीको कालिगण्डकीमा मतदान स्थगित

गगनशिला खड्का

गुल्मी — गुल्मीको कालिगण्डकी गाउँपालिकामा मतदान स्थगित भएको छ । जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने कालिगण्डकी गाउँपालिकाको अर्वेनीमा रहेको भगवती मावि मत केन्द्रमा मतदान स्थगित भएको हो ।

केन्द्रको (क) मतकेन्द्रमा ३ सय ५० मत खसेपछि मतदाताले ५५ वटा मतपत्रमा प्रदेशसभाको प्रत्यक्षतर्फको मत खसालेका थिए ।

पुन: मतदानका लागि सर्वदलीय बैठक बसिरहेको निर्वाचन कार्यालय गुल्मीका प्रमुख माया कुँवरले जानकारी दिइन् ।


प्रकाशित : मंसिर ४, २०७९ २०:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×