१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

यी ठाउँमा हुँदैछ काठमाडौंको मतगणना

काठमाडौँ — जिल्ला निर्वाचन कार्यालय काठमाडौंका अनुसार मतपेटिका संकलनपछि आइतबारै रातिदेखि मतगणना प्रारम्भ गर्ने तयारी छ । १० वटै क्षेत्रको मतगणना अलग-अलग स्थानमा हुनेछ ।

यी ठाउँमा हुँदैछ काठमाडौंको मतगणना

काठमाडौं–१ को मतगणना बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा, २ को कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित राधाकृष्ण मन्दिरमा, ३ को गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डा विद्यालयमा र क्षेत्र नं. ४ को बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित ज्येष्ठ नागरिक भवनमा हुनेछ ।

त्यस्तै, काठमाडौं–५ को टोखा नगरपालिकाको श्रीसमाज भवनमा, ६ को तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा, ७ को बालाजुस्थित जुडो हलमा ८ को स्वयम्भूस्थित गीतामाता विद्यालयमा, ९ को रविभवनस्थित न्याथम कलेजमा र १० को कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा मतगणना गर्ने तयारी छ ।

प्रारम्भिक तथ्यांकअनुसार काठमाडौंका १० निर्वाचन क्षेत्रहरूमा ५५ प्रतिशत मत खसेको काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए । ‘सबै केन्द्रहरूमा मतदान सकिएको छ । बेलुकी ५ बजेपछि कुनै पनि केन्द्रमा मतदाता देखिनुभएन,’ उनले भने, ‘त्यसैले हामीले मतदानको प्रक्रिया टुंग्याएर मतपेटिका संकलनको काम थालेका छौं ।’

प्रकाशित : मंसिर ४, २०७९ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?