२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

कास्कीमा मतपेटिका फुटाउने एक पक्राउ

लालप्रसाद शर्मा

पोखरा — कास्कीको निर्वाचन-३ स्थित माछापुच्छ्रे गाउँपालिका–८ को लुम्रे मतदान केन्द्रमा मतपेटिका फुटाउने एकजना पक्राउ परेका छन । पक्राउ पर्नेमा नेकपा बहुमत पार्टीका इलाका समिति सदस्य सूर्य परियार रहेका छन् । 

कास्कीमा मतपेटिका फुटाउने एक पक्राउ

निर्वाचन विरोधी अभियान चलाएको धमेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतले मतदान कार्य विथोल्ने क्रममा उक्त मतदान केन्द्रको प्रतिनिधिसभा अन्तर्गतको मतपेटिका फुटाएका हुन् । मतपेटिका फुटेपछि मतपत्र छरपस्ट भएका थिए । उक्त केन्द्रमा एकसय मत खसेपछि उक्त घटना भएको हो । छरपस्ट मतपत्रलाई सर्वदलीय सहमतिका आधारमा मुचुल्का उठाइ प्याक गरिएको र मतदान कार्य सूचारु रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए । ती मतपत्र पनि मान्य हुने गरी राखिएको उनले बताए ।

स्थानीयका अनुसार अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई मतदान केन्द्रको ३/४ सय मिटर नजिकसम्म सवारी साधनमा लैजानु पर्ने भन्दै सर्वदलीय छलफलले निर्णय गरेको थियो । तर एकजना सुरक्षाकर्मीले उक्त कुरा मान्य नहुने भनेपछि विवाद उत्पन्न भइ एजेन्ट लगायत सबैजना उक्त विवादतर्फ लागेका बेला परियारले मतपेटिका फुटाइदिएका थिए । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर खनालको टोली पुग्न लागेको कास्की प्रहरी प्रमुख एसपी अजय केसीले जानकारी दिएका छन् ।

प्रकाशित : मंसिर ४, २०७९ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?