कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

भोजपुरतर्फ उडिरहेको निगमको ट्वीनअटर 'भाइब्रेसन' भएपछि काठमाडौं फर्कियो

निगमका आन्तरिक तर्फका सबै विमान ग्राउन्डेड

काठमाडौँ — फ्लाइट कन्ट्रोल सिस्टममा देखिएको समस्याका कारण जहाज भाइब्रेसन (थर्किने) हुन थालेपछि भोजपुरतर्फ उडिरहेको नेपाल वायुसेवा निगमको ट्वीनअटर काठमाडौं नै फर्किएको छ ।

भोजपुरतर्फ उडिरहेको निगमको ट्वीनअटर 'भाइब्रेसन' भएपछि काठमाडौं फर्कियो

१५ यात्रु बोकेर उडिरहेको निगमको अल्फा ब्राभो युनिफर्म टुइनअटर टेकअफ भए लगत्तै समस्या देखिएपछि काठमाडौं नै फर्किएको एक पाइलटले बताए ।

बिहान पौने ७ बजे भोजपुरका लागि उडेको उक्त विमानमा काठमाडौं फर्किने १० यात्रु थिए । निगमको त्यो विमान ग्राउडेड भएपछि अर्को विमान नहुँदा दुवै तर्फका यात्रु अलपत्र परेका छन् । उक्त ट्वीनअटरले भोजपुरपछि फाप्लु र दाङ उडान गर्ने तालिका थियो । यी दुई गन्तव्यका यात्रु पनि अलपत्र परेका छन् ।

प्रकाशित : मंसिर २, २०७९ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?