कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

दिल्ली उडान गर्न नसकेकोमा निगमले माग्यो माफी

पर्यटनमन्त्रीद्वारा निगमका कार्यकारी अध्यक्षको राजीनामा माग
सुरज कुँवर

काठमाडौँ — उडान अनुमति नलिई दिल्ली र काठमाडौंमा ४ सय ५० जना यात्रु अलपत्र पार्ने गरी आइतबार भएको घटनामा नेपाल वायुसेवा निगमले माफी मागेको छ । निगमले आइतबारका लागि राखेको आरए-२१७/२१८ नम्बरको काठमाडौं–दिल्ली–काठमाडौं र सोमबार बिहान रद्ध गरेको आरए २०५–२०६ नम्बरको उडान विशेष कारणवश रद्ध गर्नुपरेको जनाउँदै यात्रुसँग माफी माग्दै विज्ञप्ति निकालेको छ । त्यस्तै आगामी दिनमा यस्ता घटना नदोहोर्‍याउने प्रतिबद्धतासमेत जनाएको छ । 

दिल्ली उडान गर्न नसकेकोमा निगमले माग्यो माफी

३० अक्टोबर २०२२ को काठमाडौं–दिल्ली–काठमाडौंको आरए २१७–२१८ र ३१ अक्टोबरको उडान नम्बर आरए २०५–२०६ विशेष कारणवश रद्ध भएकाले यात्रुवर्गमा पर्न गएको असुविधाप्रति निगम दुःख व्यक्त गर्दछ‚’ निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आगामी दिनमा यस्तो नहोस् भनी सचेत रहनेसमेत प्रतिबद्धता व्यक्त गर्दछौं ।’

यसैबीच यस घटनाबारे सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी, वाणिज्य विभागका निर्देशक जनकराज कालाखेती, यात्रु सेवा विभागका निर्देशक टंकनिधि दाहाललगायतलाई मन्त्रालयमा बोलाएका थिए ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित पर्यटनसचिव सुरेश अधिकारी र मन्त्रालयका सहसचिवहरू सम्मिलित बैठकमा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई राजीनामा दिन भनेका थिए ।

‘तपाईंको लहडमा ध्वजावाहक संस्था चल्दैन, राजीनामा दिनुहोस् । राष्ट्रको बेइजत नगर्नुस्,’ मन्त्रीले भने, ‘अदालतको परामादेशले तपाईंलाई निगमको भविष्यमा खेलवाड गर्न छुट दिएको छैन ।’

पर्यटनमन्त्री श्रेष्ठले यस घटनामा संलग्न वाणिज्य विभागलगायत ककसको कमजोरीले भएको हो छानबिन गरी तत्काल कारबाही गर्न निर्देशन दिएको कान्तिपुरलाई बताए ।

बैठकमा सहभागी नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीले आफू आइतबार बाहिर रहेको बताउँदै यदि काठमाडौंमै भइदिएको भए निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई प्रहरी लगाएर पक्राउ गर्नुपर्ने घटना भएको बैठकमा बताएका थिए ।

निगमको दिल्ली उडान रोक्दा ४ सय यात्रु अलपत्र
निगमले सोमबार पनि रद्द गर्‍यो दिल्लीका २ उडान

प्रकाशित : कार्तिक १४, २०७९ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?