एमालेका थापा र महतोलाई आयोगको २४ घण्टे स्पष्टीकरण- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमालेका थापा र महतोलाई आयोगको २४ घण्टे स्पष्टीकरण

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा धनुषा क्षेत्र नं ३ मा नेकपा एमालेकी उम्मेदवार जुली महतो र प्युठानका उम्मेदवार सूर्य थापालाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

महतोले आफ्नो गाडीको पछाडि चुनावी फ्लेक्स टाँसेर निर्वाचन आचारसंहिताविपरीत प्रचार गरेको र थापाले बालबालिकाको प्रयोग गरी चुनावी गीत गाउन लगाएको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

प्रकाशित : कार्तिक १२, २०७९ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्

प्रत्यक्षतर्फ निर्वाचन लड्ने यो नै अन्तिम : मन्त्री भुसाल

कान्तिपुर संवाददाता

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री एवम् माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले आफूले प्रत्यक्षतर्फ निर्वाचन लड्ने यो नै अन्तिम पटक भएको बताएकी छन् ।

ललितपुर क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्य उम्मेदवार मन्त्री भुसालले अर्को निर्वाचनमा भने आफू प्रत्यक्षतर्फको उम्मेदवार नबन्ने घोषणा गरेकी हुन् । ललितपुरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले अर्को निर्वाचन आउँदा आफू ६५ वर्ष पुग्ने भएकाले उमेर अवस्थाले गर्दा पनि निर्वाचन नलड्ने अवस्था आउने स्पष्ट पारिन् । उनले त्यसबेला आफूले समानुपातिकतर्फको निर्वाचनमा जान सक्ने वा पार्टीको महत्वपूर्ण जिम्मेवारी लिएर बस्न सक्ने भन्दै युवाहरुलाई प्रत्यक्षतर्फको निर्वाचनमा लड्ने तयारीमा लाग्न पनि आग्रह गरिन् ।

प्रकाशित : कार्तिक १२, २०७९ १७:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×