विवाद भएका ठाउँमा छलफलबाटै निष्कर्षमा पुग्छौँ : सत्ता गठबन्धन

कान्तिपुर संवाददाता

काठमाडौँ — चारदलीय सत्ता गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा केही स्थानमा देखिएका उम्मेदवारको विवाद छलफलबाटै टुंग्याउने जनाएको छ ।

विवाद भएका ठाउँमा छलफलबाटै निष्कर्षमा पुग्छौँ : सत्ता गठबन्धन

शुक्रबार चारै दलका शीर्ष नेताहरूले प्रेस विज्ञप्ति जारी गर्दै विवाद देखिएका ठाउँमा छलफलबाटै निष्कर्षमा पुग्ने प्रतिबद्धता जनाएका हुन् ।

त्यस्तै गठबन्धनका सहमतिका उम्मेदवारहरूको सूची सार्वजनिक भइसकेको जानकारी दिँदै केही स्थानमा मित्रवत प्रतिस्पर्धा हुने पनि विज्ञप्तिमा उल्लेख छ । ती स्थानमा एकापसमा समान र सौहार्दपूर्ण व्यवहार गर्ने समझदारी भएको विज्ञप्तिमा जनाइएको छ ।

पछिल्लो पटक सत्ता गठबन्धनले रुपन्देही-२ मा नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई समर्थन गर्ने निर्णय गरेको छ ।

प्रकाशित : कार्तिक ११, २०७९ १३:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?