कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

भरतपुरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा 'डिस्पोज'

रमेशकुमार पौडेल

भरतपुर — भरतपुरको नयाँ मेडिकल कलेज अगाडि भेटिएको शंकास्पद वस्तु सेनाले निष्क्रिय पारेकाे छ । करिब २ बजेर ४० मिनेटतिर देखिएको उक्त शंकास्पद वस्तुलाई सेनाको टोलीले ४ बजेर ४५ मिनेटमा निष्क्रिय पारेको हो ।

भरतपुरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा 'डिस्पोज'

एक जनाले स्कुटरमा आएर छाडेको उक्त शंकास्पद वस्तुलाई भरतपुर ब्यारेकको सेनाको टाेलीले निष्क्रिय पारेको चितवनका प्रमुख जिल्ला अधिकारी असमान तमाङले बताए । सेनाले डिस्पोज गर्दा उक्त वस्तु बम नभएको पाइएको छ । बमको आशंका गरिएको उक्त वस्तु तर्साउने मनसायले राखिएको पाइएको उनले बताए ।

पूर्व–पश्चिम राजमार्गमा शंकास्पद वस्तु फेला परेपछि प्रहरीले दुईतर्फी नै सवारी साधन रोकेर उक्त वस्तु डिस्पोज गर्ने काम थालेको थियो ।

प्रकाशित : कार्तिक ८, २०७९ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?